एमाले नेतृ भण्डारीले भनिन्- मलाई जिम्मेवारी दिने विषय एमाले केन्द्रीय कमिटीको हो, उहाँहरूले पक्कै छलफल गर्नुहोला

एमाले नेतृ भण्डारीले भनिन्- मलाई जिम्मेवारी दिने विषय एमाले केन्द्रीय कमिटीको हो, उहाँहरूले पक्कै छलफल गर्नुहोला

काठमाडौं : नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो जिम्मेवारी केन्द्रीय कमिटीले तय गर्ने बताएकी छन्। मंगलबार सञ्चारकर्मीसँग साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारीले विधान महाधिवेशनमा पनि उपस्थिति हुने कुरा पार्टीको केन्द्रीय कमिटीले तय गर्ने बताइन्।

'यो विषय पार्टीको केन्द्रीय कमिटीले तय गर्ने हो। मेरो उपस्थितिलाई केन्द्रीय कमिटीले कुन रूपमा लैजान्छ भन्ने हो। मलाई प्रतिनिधि बनाएर लैजानुहुन्छ कि बनाउनुहुन्छ, त्यो केन्द्रीय कमिटी बैठकले तय गर्छ,' उनले भनिन्।

उनले एमालेको केन्द्रीय कमिटी बैठकले पक्कै पनि आफूलाई जिम्मेवारी दिने विषयमा छलफल गर्ने बताइन्। 'मेरो विषयमा पक्कै पनि केन्द्रीय कमिटीले धारणा बनाएर लैजान्छ होला,' उनले भनिन्।

पूर्वराष्ट्रपति भण्डारीले आफ्ना पति मदन भण्डारीको रहस्यमय मृत्यु भएको र समाजमा पनि यस विषयमा अनुत्तरित प्रश्नहरू उठ्ने गरेको बताइन्।

त्यस्तै उनले केपी ओली नेतृत्वको तत्कालीन सरकारबाट भएको संसद विघटन आफूले कार्यान्वयनमात्र गरेको बताइन्। '२०१७ साल र ५१ सालमा पनि संसद विघटन भएका थिए। म राष्ट्रपति हुँदा पनि संसद विघटन भयो। मैले मन्त्रिपरिषद्को सिफारिसलाई कार्यान्वयनमात्र गरेकी हुँ। यद्यपि त्यो छलफलको विषय होला,' उनले भनिन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.