सेना खटाइयो

वारुणयन्त्रबाट खानेपानी पुर्‍याउँदै मधेश प्रदेश सरकार

वारुणयन्त्रबाट खानेपानी पुर्‍याउँदै मधेश प्रदेश सरकार

जनकपुरधाम : वीरगंजसहित मधेश प्रदेशका विभिन्न जिल्लामा खानेपानी समस्यालाई समाधान गर्न मधेश प्रदेश सरकारले वारुणयन्त्रमार्फत खानेपानी वितरण सुरु गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी प्रदेश सरकारसँग रहेको आठ वटा वारुणयन्त्रहरु खानेपानी संकटबाट अति प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति गर्न बुधबार बिहानैदेखि पठाएको छ । 

एउटा वारुणयन्त्रमा एक पटकमा ५ हजार लिटर गरी ८ वटामा ४० हजार लिटर खानेपानी भरेर पानी अभाव भएको क्षेत्रमा आपुर्तिका लागि पठाइएको हो । प्रदेशभरी खानेपानी समस्या रहेको स्थानहरुमा यी वारुणयन्त्रहरु २४ सौं घण्टा परिचालित रहने मुख्यमन्त्री सतिश सिंहले बताए। प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गरि सक्दो खानेपानीको अभाव न्यूनीकरण गर्न लागि प्रयास गरिराखेको छ । यसमा स्थानीय तह र संघीय सरकारको पनि सक्दो सहयोगको अपेक्षा छ ,’ मुख्यमन्त्री सिंहले भने । 

खानेपानी लिएर हिडेको वारुणयन्त्रको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी नेपाली सेनाले लिएको छ । यसअघि प्रदेश सरकारले वन कार्यालयको तीनवटा ट्यांकर खानेपानी आपूर्ति गर्न परिचालित गरिसकेको छ । त्यसैगरी नेपाली सेनाबाट समेत सातवटा ट्यांकर र एउटा वारुणयन्त्र पठाउने तयारी गरिएको छ । 

सुख्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशवासीहरुको समस्या समाधान गर्न सरकारले मंगलबार संघीय सरकार, स्थानीय सरकार र मानवीय सहायतामा क्रियाशील दातृ निकायहरुसँग समेत छलफल र बैठक गरेको छ । सबैको समन्वयमा साधनस्रोतहरुको अधिकतम प्रयोग गरि हालका लागि खानेपानी समस्याको निराकरणमा प्रदेश सरकार लागि परेको मुख्यमन्त्री सिंहले बताए। 

सहयोग गर्न दातृ निकायलाई आग्रह

प्रदेशका सबै १ सय ३६ वटै पालिकामा सुख्खा र खानेपानीको समस्या रहेको बताउँदै मुख्यमन्त्री सिंहले प्रदेशका नागरिक समस्याको बेलामा सहयोग गर्न अग्रसरता देखाउन दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह गरे । 'प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभावबाट संकटको बेला खुल्ला हृदयले सहयोग गर्न दातृ निकायहरुलाई आग्रह गर्दछु' मुख्यमन्त्री सिंहले भने ।

‘अहिले सुख्खाका कारण धान रोपाइ हुन नसके यसले आगामी दिनमा खाद्यान्न संकट आउन सक्ने खतरालाई ध्यानमा राखी काम अगाडि बढाउन मुख्यमन्त्री सिंहले सरोकारवाला मन्त्रालयलाई निर्देश गरे । उनले भने, ‘अहिलेबाट नै काम सुरु गरौं, कहाँ समस्या आउँछ । मलाइ भन्नुहोस् तर अब नागरिकलाई यो समस्याबाट निकाल्नु हामी सबै गम्भीरताका साथ लागौं ।’ उनले सुख्खा र खानेपानी समस्याको समाधानका लागि संघीय सरकारसँग आवश्यक छलफल भइरहेको बताए ।

उनले सुख्खा र खानेपानीको समस्या समाधानका लागि हुने सबै प्रयास र कार्यको दैनिक अपडेट गराउन समेत आग्रह गरे ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.