खानेपानीको समस्या भएपछि धारा जडानमा ५० प्रतिशत रकम मिनाहा
सिरहा : खानेपानीको समस्या भएपछि लहान नगरपालिकाले धारा जडान केही सुविधा र धरौटी रकम मिनाहा गरेको छ।
खानेपानीको धारा जडानमा ५० प्रतिशत रकम मिनाहा र साउन र भदौका लागि धरौटी रकम मिनाहा गरिएको मेयर महेश चौधरीले जानकारी दिए।
निर्णय साउन १ गतेदेखि लागू हुने नगरपालिकाले जनाएको छ।
पर्याप्त वर्षा नहुँदा र जल सतह घटेपछि नगरपालिकाका केही ठाउँमा खानेपानीको समस्या देखिएको छ।
प्रतिक्रिया दिनुहोस !