सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक

सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय सूचना आयोगले सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ । आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारवाहीका सूचनालाई डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउन आरटीआई मेनेजमेन्ट सिस्टम सार्वजनिक गरेको हो ।

सो व्यवस्था अनुसार पहिलो चरणमा संघीय सरकारका मन्त्रालयहरू,संवैधानिक तथा केन्द्रीय आयोग, विभाग वा विभागस्तरका कार्यालयहरूलाई अनलाइन प्रणालीमार्फत सूचना माग गर्ने,सूचना उपलब्ध नगराए पुनरावेदन समेत गर्न सकिने आयोगले जनाएको छ । 

यसलाई तीनै तहका सरकार र देशव्यापीरुपमा क्रमश लागू गर्ने योजना रहेको आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले जानकारी दिए । उनले डिजिटल प्लेटफर्ममार्फत सहज रुपमा सूचनाको हक प्रयोग गर्न सकिने र विभिन्न निकायमाथि हुने गरेको गुनासोको समेत यसैमार्फत् जानकारी गराउन सकिने बताए।

आयोगले जेठ २५ देखि असार मसान्तसम्मको अवधिमा २३ वटा मुद्दा दर्ता भएको र जवाफ दिन नपर्नाको कारण भए जवाफ पेश गर्न २४ वटा आदेश भएको जानकारी दिएको छ । त्यस्तै आर्थिक वर्ष २०८१/८२ को एक वर्षभित्र कूल १ हजार ५३ वटा मुद्दा दर्ता भएको र त्यसमध्ये ९८५ वटा आदेश गरिएको आयोगले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.