अडियो प्रकरणबारे मन्त्री अधिकारीले भने- मैले 'हुन्न' भनेपछि विवादमा ताने

अडियो प्रकरणबारे मन्त्री अधिकारीले भने- मैले 'हुन्न' भनेपछि विवादमा ताने
सुन्नुहोस्

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। बिहीबार सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले चरित्र हत्या गर्न आफूलाई मुछेको बताए।

उनले आफूकहाँ आफ्नो अभिष्ट पूरा गर्न आएको र उनीहरूको काम नगरेपछि चरित्र हत्या गरेको बताए। 'आफ्नो अभिष्ट पूरा गर्न यहाँ आएका थिए। मैले हुन्न भनेपछि यी कुराहरू आएका हुन्। कुन नियतबाट ल्याइएको भन्ने कुरा प्रस्ट हुन्छ,' मन्त्री अधिकारीले भने।

उनले विवादित अडियो आफू र मन्त्रालयसँग सम्बन्धित नभएको बताए। 'अडियोमा सुनिएका सरोकारवाला व्यक्तिहरू हामीसँग सम्बन्धित होइनन्। मेरो बोली त्यहाँ छ कि छैन भन्ने पनि जागजहेर छ,' उनले भने, 'जग्गा, जमिनका र सरुवाका कुरा पनि आइरहेका छन्। सरुवा मन्त्रालयको नियमित प्रक्रियाको कुरा हो।'

उनले पोखराबाट सुरुवा भएका मालपोत अधिकृतले पनि सरुवाका लागि कुनै पहल नगरेको उनको भनाइ छ। 'मालपोत अधिकृतले पनि म त्यहाँ जान्छु भन्नु पनि भएको छैन। 'उहिलेका कुरा खुइले भने'जस्तै पुरानो कुरा ल्याएर मेरो र मेरो परिवारको चरित्र हत्या गर्न खोजिएको छ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.