लागुऔषधसहित २ जना पक्राउ
रौतहट : रौतहटबाट ठुलो परिणाममा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। गौर नगरपालिका–१ बाट २३ वर्षीय नितेश कुमार पंडित र ३२ वर्षीय पिन्टु कुमारलाई प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको हो।
उनीहरुको साथबाट नाइट्रोभेट १० ट्याबलेट १८ सय, नेटज़केयर १० ट्याब्लेट १२ सय, डाइजिपाम ३ सय एम्पुल, फेनेर्गन ३ सय एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन १ थान र २ थान मोबाइल फोन र एक थान मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए।
उनीहरूमाथि अनुसन्धान भइरहेको प्रवक्ता रायले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !