नगरपालिकाका कारण त्रिभुवन माविको १ करोड ४५ लाख रुपैयाँ फ्रिज

नगरपालिकाका कारण त्रिभुवन माविको १ करोड ४५ लाख रुपैयाँ फ्रिज

महोत्तरी : गौशाला नगरपालिकाको असहयोगको कारण त्रिभुवन माध्यमिक विद्यालयको १ करोड ४५ लाख रुपैयाँ फ्रिज भएको छ। आर्थिक वर्ष २०८१/०८२ का लागि संघीय सरकारको अनुदानवापत विद्यालयको नाममा प्राप्त भएको १ करोड ४५ लाख रुपैयाँ नगरपालिकाको कर्मचारीहरूका कारण फ्रिज भएको हो।

संघीय अनुदानवापत नमुना विद्यालयको भौतिक संरचना निर्माणका लागि आएका उक्त रकममार्फत कारोबार समयमै गर्न नसक्दा रकम फिर्ता भएको प्रधानाध्यापक विनोदकुमार महतोले बताए। यता विद्यालय व्यवस्थापन समितिले गत मंसिरमै ल्याब भवन बनाउनका लागि नगरपालिकामा सिफारिस पठाउँदा समेत नगरपालिकाले समयमै कार्यान्वयन नगरे पछि सो रकमबाट विद्यालयमा भौतिक संरचनाको कुनै पनि काम हुन नसकेको प्रधानाध्यापक महतोले बताए।

यता गौशाला नगरपालिकाको शिक्षा शाखा अधिकृत संजयकुमार सिंहले प्राविधिक कारणवश सो कार्य समयमा सम्पन्न हुन नसकेको प्रतिक्रिया दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.