सामुदायिक वनको काठ दाउरा बिक्रीबाट ६ करोड ३९ लाख आम्दानी

सामुदायिक वनको काठ दाउरा बिक्रीबाट ६ करोड ३९ लाख आम्दानी
सुन्नुहोस्

अर्घाखाँची  : अर्घाखाँचीमा यस वर्ष काठ दाउरा बिक्रीबाट सामुदायिक वनले ६ करोड ३९ लाख ५० हजार ७ सय ३९ रुपैयाँ आम्दानी गरेका छन्। 

डिभिजन वन कार्यालय अर्घाखाँचीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय अर्घाखाँचीका सिनियर वन अधिकृत मोहन प्रसाद श्रेष्ठले काठ दाउरा बिक्रीबाट सामुदायिक वनले ६ करोड ३९ लाख ५० हजार ७ सय ३९ रुपैयाँ आम्दानी गरेको जानकारी दिए। 

वनको आम्दानीको रकम ७५ प्रतिशत वनमा आबद्ध समूहले प्राप्त गर्ने गरेको र अन्य २५ प्रतिशत रकम प्रदेश सरकारलाई जम्मा हुने गरेको उनको भनाइ छ। वनको आम्दानीबाट प्राप्त हुने रकमबाट सामुदायिक वनले विकास निर्माणको काम गर्दै आएका छन्। यो आर्थिक वर्षमा कार्यक्रम अन्तर्गत वित्तीय प्रगति ९५ .६७ प्रतिशत र प्रशासनिक तर्फ ८५.५४ प्रगति भएको श्रेष्ठले जानकारी दिएका छन्।

जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले अर्घाखाँची र कपिलवस्तुको सीमा विवादका कारण वन क्षेत्रमा पनि समस्या हुँदै आएको र आगामी दिनमा यसलाई समाधान गरेर जाने बताए।

सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले अब वन क्षेत्रमा आम्दानी हुने बोट बिरुवा रोपण गर्नुपर्ने विषयमा जोड दिए।

अर्घाखाँचीमा यो आर्थिक वर्षमा विगत भन्दा ९० प्रतिशत कम आगलागीका घटना भएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशर खड्काले जानकारी दिएका छन्। यो वर्ष मौसम लगायत सबैको साथ सहयोगमा आगलागीका घटनामा कमी आएको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.