रुपन्देहीमा साढे १२ करोड बढीको सामग्री बरामद

रुपन्देहीमा साढे १२ करोड बढीको सामग्री बरामद
सुन्नुहोस्

भैरहवा :  रुपन्देहीमा गत आर्थिक वर्षमा अवैध रूपमा भन्सार छलेर भित्र्याएको १२ करोड ६७ लाख ७१ हजार बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद भएको छ। 

वर्षको अन्य महिनाको तुलनामा सबैभन्दा जेठमा २ करोड ९७ लाख बढी र असारमा २ करोड ३८ लाख बढी मूल्यका सामग्री बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको वार्षिक कार्य प्रगतिमा विवरणमा उल्लेख छ।

प्रहरीका अनुसार एक वर्षमा तस्करीमा संलग्न ११३ जना पक्राउ गरिएकोमा सबैभन्दा बढी असारमा ४३ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरूलाई कसूर अनुसार आवश्यक कारबाहीका लागि भन्सार, पशु क्वारेन्टाइन, राजस्व अनुसन्धान कार्यालयमा पठाइएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए।

यसका साथै तस्करीमा संलग्न ३३४ वटा सवारी साधन नियन्त्रणमा लिइएको तथ्यांकमा उल्लेख छ। जसमध्ये ३०२ वटा मोटरसाइकल, ८ वटा ट्रक, १७ वटा पिकअप, ६ वटा अटो रिक्सा र एउटा ट्याक्टर रहेको छ। 

गत आर्थिक वर्षमा प्रहरीले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद र जरिवाना सजाए पाएका ८२३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जसबाट ५ सय ६ वर्ष २ महिना १२ दिन कैद असुलका लागि कारागार चलान गरिएको र ७ करोड ४५ लाख ८१ हजार ८ सय १४ रुपैयाँ जरिवाना असुलका लागि अदालतमा पठाइएको एसपी क्षेत्रीले बताए।

यस्तै प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न २ सय २२ जनालाई पक्राउ गरेको छ। जसबाट गाँजा ११३ किलो बढी, ब्राउन सुगर ७३२ ग्राम बढी, चरेश २० किलो लगायतका लागुऔषध बरामद भएको छ।

त्यस्तै प्रहरीले एक वर्षमा अवैध रुपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन गर्ने ६० वटा ट्याक्टर, ३० वटा भ्याकु लोडर र २३ वटा टिपरहरूलाई कारबाहीका लागि विभिन्न स्थानीय तहमा पठाइएको प्रहरीले जनाएको छ। एक वर्षको अवधिमा जिल्लामा ४१ वटा विभिन्न मुद्दा शिर्षकमा १ हजार ७ सय ७ वटा मुद्दा दर्ता गरिएकोमा १ हजार १ सय ४५ वटा फछर्यौट गरिएको छ। ५ सय ६२ वटा मुद्दा अनुसन्धानमा रहेको तथ्यांकमा उल्लेख छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.