च्यासलमा एमालेको पोलिटब्युरो बैठक सुरू
काठमाडौं : नेकपा एमालेको पोलिटब्युरो बैठक सुरू भएको छ। पार्टी कार्यालय च्यासलमा शुक्रबार दिउँसो पोलिटब्युरो बैठक सुरू भएको हो। बैठकमा बिहीबार बसेको सचिवालय बैठकबाट आएका प्रस्तावमाथि छलफल हुनेछ।
सचिवालय बैठकले ७० वर्षे उमेर हद हटाउनुका साथै अध्यक्ष हुने दुई वर्षे कार्यकाल पनि हटाउने प्रस्तावलाई अनुमोदन गरेको छ। सोही विषयमा पोलिटब्युरो बैठकमा छलफल हुने बताइएको छ।
पोलिटब्युरोबाट अनुमोदन भएको प्रस्ताव केन्द्रीय कमिटी हुँदै भदौमा हुने भनिएको विधान सम्मेलनमा प्रस्तुत हुने छ।




प्रतिक्रिया दिनुहोस !