राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउनु गम्भीर विषय हो : अध्यक्ष ओली

राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउनु गम्भीर विषय हो : अध्यक्ष ओली
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउने विषय गम्भीर रहेको बताएका छन्।

च्यालस्थित पार्टी कार्यालयमा शुक्रबार बसेको पोलिटब्युरो बैठकमा उनले देशको गरिमामय पदमा पुगिसकेको व्यक्ति, नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा आउनु गम्भीर रहेको ब्रिफिङ गरेका हुन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा पार्टीले उचित समयमा निर्णय लिने बताएका थिए।

'राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको व्यक्ति, देशको सर्वोच्च पदमा पुगेको व्यक्ति, गणतन्त्रको गौरवको रूपमा रहेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीकको रूपमा रहेको व्यक्ति आएर राजनीतिमा प्रवेश गर्ने कुरा एउटा गम्भीर विषय हो। यसमा पार्टीले उचित समयमा निष्कर्ष निकाल्छ। निर्णय लिन्छ,' अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै गौतमले भने।

केही दिनअघि सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई भेटेर पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा आउने विषयमा आपत्ति जनाएका थिए। नेपाली सेनाको परमाधिपति भइसकेका व्यक्ति सक्रिय राजनीतिमा आउन नहुने र यसले भोलिका दिनमा गम्भीर संकट उत्पन्न हुने सभापति देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए।

पूर्वराष्ट्रपति भण्डारीले गत असार १४ गते एमालेको सक्रिय राजनीतिमा फर्किने उद्‍घोष गरेकी थिइन्। लगत्तै उनले पूर्वराष्ट्रपतिका हैसियतमा पाउने सेवा सुविधा पनि त्याग गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.