प्रि ओपन सेसनमा नेप्से ७.७५ अंकले बढ्यो
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.७५ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २८७८.३८ विन्दुमा अडिएको छ।
९३ वटा स्क्रिप्सको १ लाख ६८ हजार ३७९ कित्ता सेयर ८ करोड ६२ लाख १२ हजार २९३ रुपैयाँमा खरिदबिक्री भए। यो सेसनमा कारोबारमा आएकामध्ये ६१ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको घट्यो।
प्रतिक्रिया दिनुहोस !