सेयर बजारमा ऐतिहासिक रेकर्ड,एकैदिन २१ अर्बमाथिको कारोबार

सेयर बजारमा ऐतिहासिक रेकर्ड,एकैदिन २१ अर्बमाथिको कारोबार
सुन्नुहोस्

काठमाडौं : सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। सेयर कारोबार रकम २१ अर्ब नाघेर नयाँ रेकर्ड कायम गरेको हो। साताको पहिलो कारोबार दिन आइतबार २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँको सेयर कारोबार भएको छ। यसअघि साउन १ गते १६ अर्ब बढीको सेयर कारोबार भएको थियो। 

मौद्रिक नीति घोषणा भएपछि कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको हो। नेप्से परिसूचक २८६७.७६ विन्दुमा अडिएको छ। कारोबार रकममा उच्च वृद्धि भए पनि नेप्से परिसूचक भने घटेको छ। 

यसदिन ३१६ स्क्रिप्सको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर २१ अर्बमा खरिदबिक्री भए।  यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलम कारोबार भए। उन्नति सहकारी लघुवित्त वित्तीय संस्था र सानभी इनर्जीको सेयर १० प्रतिशतले बढयो।

यसैगरी ट्रेड टावर,शिव श्री हाइड्रोपावर र बिन्ध्यावासिनी हाइड्रोपावरको सेयर ९ प्रतिशत बढीले बढ्यो। कारोबार रकमका आधारमा  नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। उक्त कम्पनीको ९८ करोडमाथिको सेयर कारोबार भयो। बुटवल  पावरको ६४ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सले  ५६ करोड,नगदी ग्रुपको ५० करोड र  सानिमा माइ हाइड्रोपावरको ४८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १०५ स्क्रिप्सको मूल्य बढ्दा १४४ वटाको घट्यो। आज पाँच समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.