अन्नपूर्णको आठौं साप्ताहिक विजेतालाई ओपो मोबाइल प्रदान
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले देशभर सञ्चालन गरिरहेको हात खाली नजाने ‘जसले पढ्छ, अवश्य पर्छ’ वार्षिक ग्राहक योजनाको आठौं साप्ताहिक विजेता कानुनी किताब व्यवस्थापन ओपो मोबाइल (एथ्री एक्स) उपहार प्राप्त गरेको छ। आइतबार तिनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको हेडक्वार्टरमा आयोजित एक समारोहमा वितरण विभागका मेनेजर कृष्ण भक्त श्रेष्ठले विजेता कानुनी किताब व्यवस्थापनलाइ हस्तान्तरण गरेका हुन्।
अन्नपूर्ण पोस्ट् र द अन्नपूर्ण एक्सप्रेसको ग्राहक नवीकरण गर्ने र नयाँ वार्षिक ग्राहक बन्ने पाठकले ग्राहक बन्नासाथ हातहातै उपहारै उपहार पाउनेछन्। वार्षिक ग्राहक शुल्क अन्नपूर्ण पोस्टको तीन हजार चार सय रुपैयाँ र द अन्नपूर्ण एक्सप्रेसको पनि तीन हजार चार सय रुपैयाँ रहेको छ।
वार्षिक ग्राहक बन्नेले हातहातै वन्डरल्याण्डको १५ सय रुपैयाँको भौचर(जहाँ रोमाञ्चित खेलको मज्जा लिन सकिनेछ), साथै आईएनआई सिनेमाको मुभी भौचर पाउनेछन्। यो नलिए उनीहरूले छनोट पनि गर्न पाउँछन्। जसमा नगद ५ सयदेखि ३४ सयसम्मको नगद छुटको स्क्रयाच कार्ड साथसाथै आईएनआई सिनेमाको मुभी भौचर र अन्नपूर्ण केबलकारको टिकट पाउनेछ।
त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता लक्की ड्रबाट ओपोको मोबाइल फोन सहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर पाउनेछन्। पाक्षिक उपहारमा डिसहोम इन्टरनेटबाट एक वर्षको फुल १ सय एमबिपीएस्को इन्टरनेट प्याकेज, मासिक पुरस्कारमा वासिङ मेसिन सहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर पाउनेछन्। यो वार्षिक ग्राहक योजना देशभर लागू भएको छ। ४ महिनासम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया दिनुहोस !