प्रहरीका ११ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस
काठमाडौं : नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (डीएसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ। सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ११ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।
सिफारिसको एक नम्बरमा तुल बहादुर कार्की रहेका छन्।
यस्तै डीएसपीबाट एसपीमा बढुवा सिफारिस हुनेमा राकेश सिंह, राजिब बहादुर बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपक पोखरेल, दयानिधि ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाल रहेका छन्।
प्रतिक्रिया दिनुहोस !