दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरु

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरु
सुन्नुहोस्

महेन्द्रनगर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माणको काम सुरु भएको छ। मंगलबार नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्यको थालनी गरेका हुन।

उनले बन्दरगाह निर्माणमा स्थलका रुख कटानको काम सम्पन्न भइसकेपछि भारतीय निर्माण कम्पनीलाई काम गर्नका लागि मन्त्रालय मार्फत पत्राचार भइसकेपश्चात भारतीय निर्माण कम्पनीले प्रारम्भिक काम सुरु गरेको बताए। ‘निर्माण कार्यको प्रारम्भिक काम सुरु भएको छ पहिलो चरणमा यहाँ फिलिङ, पर्खाल निर्माण र निर्माणका लागि आवश्यक सामग्रीहरू ल्याउने काम गर्नुहुन्छ। यसको विधिवत् रूपमा दुवै देशका प्रधानमन्त्रीहरूले शिलान्यास गर्नुहुन्छ’, उनले भने। 

उनले बन्दरगाह निर्माणपछि सुदूरपश्चिम मात्रै नभएर नेपालकै आर्थिक विकासमा टेवा पुग्ने बताए। ‘यो व्यापारिक पूर्वाधार यसले भारतबाट आयात मात्रै नभएर निर्यात गर्ने गरि उद्योगधन्दाहरू खेल्नुपर्छ। यही नाका भएर तेस्रो मुलुकसँग निर्यात गर्न सकिने ठूलो अवसर छ त्यसकारण निर्यात गर्ने गरि पनि उत्पादनमा जोड दिनुपर्छ।’

बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरशिंकर सामुदायिक वनमा एक हजार सात सय पाँच रुख कटानी भएका छन्। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकार बीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सोही सम्झौता अनुसार भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको छ। 

बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण हुनेछन्। पहिलो चरणमा २५.०३ हेक्टरमा पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.