डिसहोमको 'खुशीको बोनस' : हरेक साता १४ जनालाई १ वर्ष निःशुल्क इन्टरनेट

डिसहोमको 'खुशीको बोनस' : हरेक साता १४ जनालाई १ वर्ष निःशुल्क इन्टरनेट
सुन्नुहोस्

काठमाडौं : डिसहोमले आफ्ना इन्टरनेट ग्राहकका लागि ‘खुसीको बोनस-३६५ दिन नै बोनस’ अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत वार्षिक नयाँ इन्टरनेट जोड्ने वा रिचार्ज गर्नेमध्येबाट हरेक साता १४ जनाले सित्तैँमा ३ सय ६५ दिनको इन्टरनेट सेवा पाउने भएका छन्।

त्यस्तो १४ विजेतामध्ये १० जना वार्षिक नयाँ इन्टरनेट जडान गर्नेमध्ये र बाँकी ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहकमध्येबाट छनोट गरिने डिसहोमले जनाएको छ। विजेताको घोषणा हरेक साता शुक्रबार साँझ ५ बजे हुने र नभए आइतबार साँझ ५ बजे हुने डिसहोमले जानकारी दिएको छ। रिचार्जका लागि खल्ती, ई-सेवा वा माइडिसहोम एप प्रयोग गर्न सकिने छ।

डिसहोमको उपलब्ध वार्षिक प्योकजमा १०० एमबीपीएसका लागि ८ हजार ५ सय रुपैयाँ, २०० एमबीपीएसका लागि ११ हजार ५०० र ३०० एमबीपीएसका लागि १३ हजार ५ सय ५० रुपैयाँ भ्याटसहित वार्षिक रकम लाग्ने छ। नयाँ जडानका लागि भ्याटसहित थप १ हजार १ सय ३० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.