चार वटा बालसुधार गृह सरकार आफैंले सञ्चालन गर्ने

चार वटा बालसुधार गृह सरकार आफैंले सञ्चालन गर्ने
सुन्नुहोस्

काठमाडौं : गैरसरकारी संस्थाद्वारा सञ्चालित चार वटा बाल सुधार गृहलाई नेपाल सरकार आफैंले सञ्चालन गर्ने भएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले आफ्नो कार्यकालको पछिल्लो एक वर्षमा भएका काम कारबाहीका बारेमा जानकारी दिँदै युसेप गैरसरकारी संस्थाद्वारा सञ्चालित भक्तपुर, कास्की, मोरङ र बाँकेका बाल सुधार गृहलाई चालू आर्थिक वर्षमा सरकारले नै सञ्चालन गर्ने व्यवस्था भएको जानकारी दिए।

उनले सडक बालबालिका मुक्त अभियान सञ्चालनका लागि विशेष संरक्षण निर्देशिका, २०८२ स्वीकृत भएको र सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको बताए। 

एक वर्षको अवधिमा भारतका विभिन्न स्थानमा बेवारिस फेला परी त्यहाँका बाल कल्याण गृहमा राखिएका लगायतका ७१ जना बालबालिकालाई स्वदेश फिर्ता गराइएको, जोखिममा परेका ५९१ जना बालबालिकालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

बालबालिका सम्बन्धी ऐन, २०७५ र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ लाई संशोधन गर्न प्रतिनिधिसभामा विधेयक दर्ता गरिएको मन्त्री सुडीले जानकारी दिए। त्यस्तै गत आर्थिक वर्षमा मन्त्रालयको कुल बजेटमध्ये ६५ करोड ३६ लाख ७७ हजार खर्च भइ जम्मा ५० दशमलव १६ प्रतिशत वित्तीय प्रगति हासिल भएको मन्त्री सुडीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.