सबैभन्दा धेरै वर्षा बर्दियामा

सबैभन्दा धेरै वर्षा बर्दियामा
फाईल तस्बिर
सुन्नुहोस्

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि देशका अधिकांश ठाउँमा बादल लाग्ने जनाएको छ। मंगलबारबाट देशैभर सक्रिय मनसुन बुधबार हिमाली र तराईका केही स्थानमा सक्रिय देखिएको छ। विभागका अनुसार २४ घण्टाको अवधिमा सबैभन्दा धेरै बर्दियाको मानपुरमा ९५.२ मिलिमिटर वर्षा भएको छ। मुलुकका अन्य स्थानमा ७० देखि करिब ८० मिलिमिटरसम्म वर्षा भएको छ।

विभागका अनुसार बिहीबार  र शुक्रबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भेगको एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ। बिहीबार राति गण्डकी, कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिमका पहाडी र तराईका केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ। शुक्रबार राति भने कोशी, बागमती, गण्डकीका पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको केही ठाउँमा भारी वर्षा हुने जनाएको छ।

अन्य ठाउँका हिमाली र पहाडी भूभागमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहनुका साथै अन्य स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका मंगलबारदेखि सुरु भएको वर्षाका कारण १० वटा जिल्ला बाढीबाट प्रभावित भएका छन्। १० जिल्लाका २४ ठाउँमा पहिरो आएको छ। पहिरोमा परी एक जनाको मृत्यु भएको छ। दुई ठाउँमा बाढी आएको विभागले जानकारी दिएको छ। 

त्यसैगरी, बाढी पूर्वानुमान महाशाखाले बुधबार झापा, इलाम, पाँचथर, तेह्रथुम, संखुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, डंडेलधुरा आसपासका जिल्ला भई बग्ने ससाना नदीहरू बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्य जोखिमको सम्भावना छ। त्यसैगरी बिहीबार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश भई बग्ने धेरैजसो ससाना नदीहरू र कर्णाली र सुदूरपश्चिम प्रदेशका ससाना नदीहरूमा पनि आकस्मिक बाढी आउन सक्ने जानकारी दिएको छ। 

शुक्रबार पनि कोशी, मधेस, बागमती, लुम्बिनी, प्रदेश भई बग्ने ससाना नदीहरूका साथ कर्णाली र सुदूरपश्चिम प्रदेशका नदीहरूमा समेत बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। १९ गतेसम्म नै यी प्रदेशका नदीहरू सामान्यदेखि उल्लेख्य रूपमा बढ्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.