गगनै भरी नि रमाइदिन
सम्पत्ति यिनै हुन् मेरा बाबा सम्पत्ति यिनै हुन्।
आकाशै भित्र नि चन्द्र र सूर्य
उदाउँछन् सूर्य नि पूर्व है बाट
प्रकाश फिँजाइ मेरा बाबा प्रकाश फिँजाइ।
मेघकी वर्षा नि वर्षेर झर्छिन्
धरती भिजाइ मेरा बाबा धरती भिजाइ।
बनैकी पालुवा ती बाली बिऊ
खुसीले हाँसेका मेरा बाबा खुसीले हाँसेका।
बादलका ढिका नि असिनै बनी
झमझमी नाचेकी मेरा बाबा झमझमी नाचेकी।
जमिनकी मूल नि रसाउन थालिन्
झरीका साथमा मेरा बाबा झरीका साथमा।
कोदाली फ्याउरी बिउका मुठी
सबैका हातमा मेरा बाबा सबैका हातमा।
प्रतिक्रिया दिनुहोस !