झिकुखोलाले बगाएर एक जना बेपत्ता, खोजी कार्य जारी
काभ्रे : तेमाल गाउँपालिका–१ अमलटारीका ३५ वर्षीय गगन बहादुर भण्डारी झिकुखोलाले बगाएर बेपत्ता भएका छन् । शुक्रबार राति करिब ८:४५ बजे खेतमा पानी हाल्न गएका भण्डारी झिकुखोला तर्न खोज्दा खोज्दै बेपत्ता भएका हुन्।
घटनास्थल अमलटारीको झिकुखोला पाँचखाल नगरपालिका हुँदै सुनकोसी नदीमा मिसिन्छ, जसले खोजी कार्य झन् चुनौतीपूर्ण बनेको काभ्रे प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।
खोला नजिकै सुनकोसी नदी रहेको र पानीको बहाव ज्यादा रहेकोले खोजीमा समस्या भइरहेको स्थानीयले बताएका छन् । घटनापछि भण्डारी बेपत्ता भएको पुष्टि भएपछि प्रहरी तथा स्थानीयको सहयोगमा तत्कालै खोजी कार्य सुरु गरिएको थियो। अहिले बिहान पनि खोजी तीव्र रूपमा जारी रहेको स्थानीयले बताएका छन् ।
६० वर्षीय भण्डारी पछिल्लो समय कृषि पेशामा आबद्ध थिए । बर्खाको समयमा खोला बढ्दो अवस्थामा रहेको हुँदा सर्तक रहन यस अघि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको थियो ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
