दुर्घटनामा परी नमोबुद्धका पूर्वनगर प्रमुख टिपी शर्मा गम्भीर घाइते

दुर्घटनामा परी नमोबुद्धका पूर्वनगर प्रमुख टिपी शर्मा गम्भीर घाइते
सुन्नुहोस्

काभ्रे : नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टिपी शर्मा तिमल्सिना स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । आज बिहान तिमल्सिना सवार स्कुटरलाई विपी राजमार्ग अन्तर्गत नमोबुद्ध- २ बिस किलो भन्ने ठाउँमा अर्को स्कुटरले ठक्कर दिएको थियो । 

ठक्करबाट स्कुटरको पछाडि बसेका तिमल्सिना गम्भीर घाइते भएका हुन् । टाउकोमा चोट लागेका तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तिमल्सिना सवार स्कुटर चालक उनका छोरा किशोर तिमल्सिना थिए । छोरा किशोर सामान्य घाइते भएको जिल्ला प्रहरी कायालय काभ्रेले जनाएको छ । 

बिहान नार्केबाट धुलिखेलतर्फ आउँदै गरेको बा ६२ प ३५७८  नम्बरको स्कुटरले तिमल्सिना सवार बा.प्र. ०३–०२–००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । मेलुङ गाउँपालिका-३ घर भई हाल रोशी गाउँपालिका -८ बस्ने  बा ६२ प ३५७८ नम्बरको स्कुटर चालक निमा तेम्वा थोकर सामान्य घाइते भई उपचारको लागि मेथिनकोट अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.