रुपन्देहीको नयाँ मिलको विद्युत् महसुल काउन्टर बन्द हुँदै

रुपन्देहीको नयाँ मिलको विद्युत् महसुल काउन्टर बन्द हुँदै
सुन्नुहोस्

भैरहवा : नेपाल विद्युत् प्राधिकरणको रुपन्देहीस्थित नयाँमिल वितरण केन्द्र मणिग्रामले महसुल संकलन काउन्टर सेवा बन्द गर्ने भएको छ।

काउन्टरमा विद्युत् महसुल भुक्तानी गर्न आउनेको संख्या घट्दै गएको र भुक्तानी सम्बन्धी सेवालाई डिजिटल भुक्तानी प्रणाली बनाउने नीति अनुसार पनि महसुल संकलन काउन्टर सेवा बन्द गर्न लागिएको नयाँमिल वितरण केन्द्रका प्रमुख रितेश गुप्ताले जानकारी दिए।

उनका अनुसार केन्द्रका करिब ४१ हजार ग्राहक मध्ये ८१ प्रतिशत ग्राहकले अनलाइन माध्यमले महसुलको भुक्तानी गर्ने गरेका छन्। विगतका दिनहरू भन्दा अनलाइन माध्यमले महसुल भुक्तानी गर्नेको संख्या बढ्दै गएको छ।

उनका अनुसार डिजिटल भुक्तानीका विषयमा सेवाग्राहीहरूलाई हाल शिक्षा प्रदान गरिने र भदौ २ गते देखि महसुल काउन्टर सेवा बन्द गरिनेछ। कार्यालयद्वारा जारी गरिएको सूचनामा भनिएको छ–‘भदौ २ गते बाट कार्यालयमा रहेको महसुल संकलन काउन्टर सेवा बन्द गरिने र सो मितिपश्चात विद्युत् महसुल डिजिटल माध्यमबाट मात्र भुक्तानी गर्नुहुन ग्राहकहरूमा अनुरोध छ।’

महसुल संकलन काउन्टर बन्द गरेर डिजिटल भुक्तानी मात्र हुने नेपाल विद्युत् प्राधिकरणको यो पहिलो कार्यालय हुनेछ। यो केन्द्रको काउन्टरमा विशेष गरी तिलोत्तमा नगरपालिकावासी महसुल बुझाउने गर्दछन्।

‘अहिले पनि केही सेवाग्राही ३०/४० रुपैयाँ महसुल भुक्तानीका लागि ७० रुपैयाँ गाडी भाडा तिरेर भुक्तानी गर्न काउन्टरमा आउनुहुन्छ’, प्रमुख गुप्ताले भने,‘जसकारण सेवाग्राहीको समयका साथै अतिरिक्त रकम समेत खर्च भइरहेको छ। त्यसलाई पनि हामीले हेरेका छौं। प्रविधिको युगमा सेवाग्राहीहरूलाई पनि डिजिटिलाइजड बनाउन आवश्यक छ।’

मोबाइल चलाउन नजान्ने सेवाग्राहीहरूका विषयमा आफूहरू ‘वर्कआउट’ गरिरहेको उनी बताउँछन्। कार्यालयले अनलाइन भुक्तानीका लागि असाक्षर सेवाग्राहीहरूका निम्तिका साथै आउन सक्ने समस्याका विषयमा डिजिटल वालेट कम्पनीहरू, बैंकहरूसँग छलफल भइरहेको जनाएको छ।

‘भुक्तानीका लागि कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनलाइन भुक्तानीका विषयमा जानकारी गराउने गरिएको छ र डिजिटल वालेट कम्पनी, बैंकहरूको समन्वयमा भोली कार्यालयमा ‘हेल्थ डेस्क’ समेत स्थापना गर्दैछौं’,उनले अन्नपूर्ण पोस्ट अनलाइनसँग भने,‘डेस्कबाट सेवाग्राहीहरूलाई अनलाइन महसुल भुक्तानी गर्ने तारिका लगायतबारे जानकारी गराइनेछ।’

सम्पूर्ण बैंकिङ तथा डिजिटल वालेटहरूबाट बिहान ८ बजेदेखि राति १२ बजेसम्म जुनसुकै दिन विद्युत् महुसल भुक्तानी गर्न सकिने कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.