कांग्रेसमा किचलो
बागमतीमा बहादुरसिंह लामाले गुमाए संसदीय दलको नेताको हैसियत, लामाको पक्षमा १५ मत मात्रै
साउन ९ गते प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा २१ जना प्रदेश संसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन् । मंगलबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको हो । यस्तै विपक्षमा २२ मत परेको संसदीय दलका सचिव कृष्ण तामाङले जानकारी गराए । 
गत साउन ९ गते प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा २१ जना प्रदेश संसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले नयाँ संसदीय दलको नेताको रुपमा नेपाली काग्रेस बागमती प्रदेशका सभापति एवम् प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँलाइ अघि सार्दै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । 
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता विरुद्धको अविश्वास प्रस्तावमा बहादुरसिंह लामाको पक्षमा १५ मत र विपक्षमा २२ मत परेको छ ।
नेता बहादुर विरुद्ध विपक्षमा मत दिने सांसदहरुः (नामावलीसहित )
१) ईन्द्रबहादुर बानियाँ
२) शिवराज अधिकारी
३) कञ्चनचन्द्र वादे
४) दिपेन्द्र श्रेष्ठ
५) पुकार महर्जन
६) बिनु रायमाझी पौडेल
७) यमुना देवी श्रेष्ठ
८) उर्मिला नेपाल केसी
९) शान्ता ढकाल
१०) प्रभात तमाङ
११) छिरीङ्ग दोर्जे लामा
१२) मीना पराजुली
१३) याङ्किला शेर्पा
१४) मीन कृष्ण महर्जन
१५) बिमल ठकुरी
१६) मदुकुमार श्रेष्ठ
१७) सुरजचन्द्र लामिछाने
१८) सुरेश श्रेष्ठ
१९) श्रीराम लामिछाने
२०) सुना परियार
२१) श्यामबहादुर खड्का
२२) कृष्णबहादुर तामाङ
नेता बहादुरको पक्षमा मत दिने सांसदहरूः
१) बहादुरसिंह लामा तामाङ
२) कुन्दनराज काफ्ले
३) उत्तम जोशी
४) लक्ष्मी श्रेष्ठ
५) रमेशकुमार महत
६) हरिप्रभा खड्गी
७) रामकुमार पहाडी
८) छेत्रबहादुर बम्जन
९) गिता गुरूङ
१०) मसिना खड्का
११) तिर्थ लामा
१२) रामकृष्ण चित्रकार
१३) माया श्रेष्ठ
१४) गोविन्द लम्साल
१५) समिता खड्गी
प्रतिक्रिया दिनुहोस !