एक वर्षमा भक्तपुरमा पुगे २ लाख ४५ हजार विदेशी पर्यटक

एक वर्षमा भक्तपुरमा पुगे २ लाख ४५ हजार विदेशी पर्यटक
सुन्नुहोस्

भक्तपुर : भक्तपुरमा पर्यटकको आगमन बढेको छ। भक्तपुरमा गत आर्थिक वर्षमा २ लाख ४४ हजार ८ सय ६८ पर्यटक आएका छन्। जसमा १ लाख २९ हजार ३ सय ८१ जना विदेशी र १ लाख १५ हजार ४ सय ८७ जना (सार्क राष्ट्र र चिनियाँ) पर्यटक रहेका छन्।

गत आर्थिक वर्ष २०८०/०८१ को तथ्यांक अनुसार एक वर्षमा २ लाख ४५ हजार ५ सय ९३ विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए। जसमा १ लाख १६ हजार ४ सय १ विदेशी र १ लाख २९ हजार १ सय ९२ सार्क राष्ट्र र चिनियाँ पर्यटक रहेका थिए। 

भक्तपुरको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्यांकअनुसार आव २०८१/८२ मा सबैभन्दा बढी भारतबाट पर्यटकहरू घुम्न आएका छन्। भारतबाट मात्रै ७९ हजार १ सय ३२ पर्यटकहरू नेपाल आएका थिए। त्यसपछि चीनबाट पर्यटक घुम्न आएको देखिन्छ। चीनबाट करिब ३६ हजार १ सय ३५ पर्यटक भक्तपुर भ्रमणमा आएका छन्। त्यस्तै, अमेरिकाबाट १६ हजार ५ सय ५८, जर्मनीबाट ११ हजार ७ सय ८८, फ्रान्सबाट ११ हजार ७ सय ५४, इटालीबाट ८ हजार २ सय २८ घुम्न आएका छन्।

आव २०८२/८३ देखि नगरपालिकाले विदेशीलाई २ हजार र सार्क तथा चिनियाँ पर्यटकहरूलाई पाँच सय रुपैयाँ शुल्क लिने गरे‍को छ। गत आर्थिक वर्षमा पर्यटक शुल्कबाट भक्तपुर नगरपालिकाले २९ करोड ११ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेको छ।

अघिल्लो आथिक वर्षमा पर्यटक शुल्कबाट नगरपालिकाले २७ करोड ४५ लाख रुपैयाँ संकलन गरेको थियो। अघिल्लो आवको तुलनामा गत आव १ करोड ८३ लाख १२ हजार रुपैयाँभन्दा बढी पर्यटक प्रवेश शुल्कबाट नगरपालिकाको आय गरेको हो। 

नगरपालिकाले हाल खौमा, सानो ब्यासी, ठूलो ब्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, वाराही, वंशगोपाल, भार्वाचो गरी १४ काउन्टरबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकसँग पर्यटक शुल्क उठाउँदै आइरहेको छ। शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकलाई तुरुन्तै नियन्त्रणमा लिई शुल्क तिर्न लगाउने गर्दै आएको छ। हाल दैनिक औसतमा चार/पाँच सयको हाराहारीमा विदेशी पर्यटक भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आएको तथ्यांकले देखाउँछ।

नगरपालिकाले पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न पर्यटक सूचना केन्द्र, पर्यटक बसपार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत ६ भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रूपमा अशक्त पर्यटकका लागि ह्विलचेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामका लागि बस्ने सुविधाको व्यवस्था गर्दै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.