साउदी अरेबियामा अब विदेशी नागरिकले पनि सम्पत्ति किन्न सक्ने
काठमाडौं : साउदी अरेबियाले अब विदेशी नागरिकहरूलाई आफ्ना देशमा सम्पत्ति खरिद गर्न दिने निर्णय गरेको छ। यसका साथै विदेशबाट आएका व्यक्तिहरूले साउदीमा किनिएको सम्पत्तिमा स्वामित्व अधिकार पनि प्राप्त गर्न सक्नेछन्।
यो नयाँ कानुन २५ जुलाई शुक्रबारका दिन ‘उम्म अल-कुरा गजेट’ मा प्रकाशित भएको बीबीसीले जनाएको छ। अब यो कानुन आगामी १८० दिनभित्र लागू हुनेछ। साउदीको नीतिमा यसलाई महत्त्वपूर्ण परिवर्तनका रूपमा लिइएको छ।
कानुनमा के छ?
यी अधिकारमा स्वामित्व, सम्पत्तिलाई लिजमा लिन पाउने, प्रयोग वा उपभोग गर्न पाउने अधिकार तथा सम्पत्तिसम्बन्धी अरू आर्थिक हितहरू समावेश छन्। यद्यपि, यी अधिकार क्षेत्र विशेष, सम्पत्तिको प्रकार र प्रयोगको प्रकृतिमा आधारित हुने बताइएको छ।
यस कानुनबाट साउदीको रियल इस्टेट क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन दिने र अन्तर्राष्ट्रिय व्यापारिक पहुँचलाई विस्तार गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस !