प्रदेश सभापति बानियाँको मुख्यमन्त्री बन्ने दाउ, मुख्यमन्त्री नछोड्ने लामाको अडान कायमै

लामाले गुमाए दल नेताको हैसियत, आज निर्वाचन

लामाले गुमाए दल नेताको हैसियत, आज निर्वाचन
सुन्नुहोस्

हेटौंडा : मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश संसदीय दल नेताको हैसियत गुमाएपछि सत्तासीन कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुने भएको छ। प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ। 

प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा हेटौंडामा बसेको कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री ऋषिराम घिमिरे र जीवन डंगोललाई सदस्यमा चयन गरेको हो। समितिले बुधबार नै निर्वाचन गर्ने गरी तयारी गरेको छ। यसअघि प्रदेशका मुख्यमन्त्रीसमेत रहेका लामाले संसदीय दलको नेताको हैसियत गुमाएपछि नयाँ नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो।

नयाँ संसदीय दलको नेताका लागि कांग्रेस बागमती प्रदेशका सभापति एवं प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँलाई अघि सारिएको छ। यस्तै अर्कोतर्फ लामा पक्षधरले बागमती प्रदेशसभा सदस्य एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारलाई संसदीय दलको नेताका लागि अघि सार्ने चर्चा सुरु भएको छ। यद्यपि मुख्यमन्त्री लामा वा चित्रकारमध्ये को अघि सर्ने भन्ने टुंगो लागिसकेको छैन। 

गत साउन ९ गते प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा २१ जना प्रदेश संसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। त्यसकै प्रक्रिया स्वरूप मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको थियो। यस्तै विपक्षमा २२ मत परेसँगै लामाले संसदीय दलको नेताको हैसियत गुमाएका हुन्। 

नयाँ संसदीय दलको नेताका लागि कांग्रेस बागमती प्रदेशका सभापति एवं प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँलाई अघि सारिएको छ। यस्तै अर्कोतर्फ लामा पक्षधरले बागमती प्रदेशसभा सदस्य एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारलाई संसदीय दलको नेताका लागि अघि सार्ने चर्चा सुरु भएको छ। यद्यपि मुख्यमन्त्री लामा वा चित्रकारमध्ये को अघि सर्ने भन्ने टुंगो लागिसकेको छैन। 

मुख्यमन्त्री बन्ने दाउमा बानियाँ 
यो पटक बागमती प्रदेश सभापति एवं प्रदेश सांसद इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने लाइनबाट पछि नहट्ने रणनीतिक रूपमा अघि बढेका छन्। बानियाँकै नेतृत्वमा मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको थियो। मंगलबार संसदीय दलको नेताका लागि भएको मत विभाजनको नतिजाले समेत बानियाँ थप हौसिएका देखिन्छन्। 
बागमतीमा कांग्रेसका ३७ जना प्रदेश सभा सदस्य छन्। लामाको पक्षमा १५ जनाले मत जाहेर गरेका थिए भने २२ जनाले विपक्षमा मत दिएका थिए। 

यसअघि १३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा बागमती प्रदेश सभापति बानियाँ लामासँग ५ मतले पराजित भएका थिए। त्यस बेला बानियाँले १६ मत पाउँदा लामाले २१ मत पाए। संसदीय दलको नेता हुँदै प्रदेशको मुख्यमन्त्री बने। त्यसैले पनि बानियाँ पुनः मुख्यमन्त्री बन्ने दाउका साथ संसदीय नेताका लागि निर्वाचनमा दोस्रोपटक भिड्न लागेका छन्। 

बानियाँले मत विभााजको नतिजा सार्वजनिक भएलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वर्तमान मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए। उनले संसदीय दलको नेताको हैसियतले लामा मुख्यमन्त्री बनेकाले विश्वासको मत गुमाएपछि नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने उनको भनाइ छ। यस्तै उनले पहिलो चरणमा अविश्वासको प्रस्तावबारे निर्णय भएको र दोस्रो चरणमा संसदीय दलको नेता चयनको काम कांग्रेस प्रदेश कार्यसमितिले गर्ने बताए। त्यसपछि सरकारबारे निर्णय हुने बानियाँले भनाइ थियो। 

उता मुख्यमन्त्री लामाले भने आफूविरुद्ध प्रपञ्च रचिएको बताए। उनले दलमा विश्वासको मत नपाए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताए। उनले संसदीय दलको नयाँ नेता चयनका लागि आफूले दलभित्र छलफल गर्ने बताए। बागमती प्रदेश सरकार गठबन्धनमा आधारित रहेकाले सरकार र संसदीय दल फरक–फरक विषय भएको धारणा उनले राखे। मुख्यमन्त्री हुनका लागि दलको नेता हुनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ। 

बागमती प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय छन्। जसमध्ये सत्ता गठबन्धनमा आबद्ध एमालेका ६ जना मन्त्री र कांग्रेसका ८ मन्त्री छन्। जसमध्ये ५ जना कांग्रेसका प्रदेश मन्त्रीहरू युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले गत शुक्रबार पदबाट राजीनामा दिइसकेका छन्। 

यस्तै मंगलबार खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिएका छन्। १ सय १० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। एमाले–कांग्रेस समीकरणमा ६४ जना सांसद छन्। 

एमाले संसदीय दलको बैठक बुधबार बस्दै 
प्रदेशमा पछिल्लो राजनीतिक घटनापछि समसामयिक राजनीतिक अवस्था र भावी रणनीतिबारे छलफल गर्न एमाले बागमती प्रदेश संसदीय दलले बुधबार बैठक बोलाएको छ। संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलका अनुसार बैठकमा दलका सम्पूर्ण प्रदेशसभा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।

बैठकमा हालको राजनीतिक परिस्थिति, सरकार सञ्चालनको अवस्था, संसदीय दलको भूमिकासहित आगामी रणनीतिबारे विस्तृत छलफल हुने बताइएको छ। बैठकका एजेन्डाबारे आधिकारिक रूपमा केही उल्लेख नभए पनि प्रदेश सरकारमा देखिएको अस्थिरता, सत्ता समीकरणको सम्भावित पुनर्संरचना र एमालेको भूमिका सम्बन्धमा छलफल हुने आकलन गरिएको छ।

बुधबार बिहानदेखि निर्वाचन प्रक्रिया सुरु
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि बुधबार बिहानदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। प्रदेश कार्यसम्पादन समितिद्वारा गठन गरिएको निर्वाचन समितिले बिहान ८ बजेदेखि प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.