भारत र रुस भत्किरहेको अर्थतन्त्रलाई सँगै डुबाउन चाहन्छन् भने मलाई मतलब छैन : ट्रम्प

भारत र रुस भत्किरहेको अर्थतन्त्रलाई सँगै डुबाउन चाहन्छन् भने मलाई मतलब छैन : ट्रम्प
सुन्नुहोस्

अमेरिका : भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसलाई के गर्छ भन्ने कुरा आफूलाई मतलब नभएको बताएका छन्। ट्रम्पले भनेका छन्,'भारतले रुसलाई के गर्छ मलाई मतलब छैन।'

यसअघि बुधबार ट्रम्पले अगस्ट १ देखि भारतबाट अमेरिका आउने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। उनले रुसबाट हतियार र तेल खरिद गर्दा भारतमाथि थप आयात शुल्क लगाउने बारेमा पनि कुरा गरेको जनाएका छन्।

'भारतले रूसलाई के गर्छ मलाई मतलब छैन। यदि तिनीहरू आफ्नो भत्किरहेको अर्थतन्त्रलाई सँगै डुबाउन चाहन्छन् भने तिनीहरूलाई त्यसो गर्न दिनुहोस्। मलाई मतलब छैन,'ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेखेका छन्,'हामीले भारतसँग धेरै कम व्यापार गरेका छौं किनभने उनीहरूको शुल्क धेरै उच्च छ। जुन विश्वमै सबैभन्दा उच्च हो।  यसैगरी रूस र अमेरिकाबीच लगभग कुनै व्यापार छैन। त्यो पनि ठीक छ।'

ट्रम्पले थप लेखेका छन्,'रसियाका असफल पूर्वराष्ट्रपति मेदवेदेव जो अझै पनि आफूलाई राष्ट्रपति ठान्छन्। उनले आफ्ना अभिव्यक्तिमा ध्यान दिनुपर्छ। उनी धेरै खतरनाक जमिनमा पाइला चालिरहेका छन्।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.