किसानको उत्पादन सिधै खरिद गर्न ढल्केवरमा ‘कलेक्सन सेन्टर’ बन्ने

किसानको उत्पादन सिधै खरिद गर्न ढल्केवरमा ‘कलेक्सन सेन्टर’ बन्ने
सुन्नुहोस्

ढल्केवर(धनुषा) : किसानको उत्पादन सिधै खरिद गर्न धनुषाको ढल्केवरमा ‘कलेक्सन सेन्टर’ बन्ने भएको छ। शनिबार ढल्केवरमा आयोजित ‘नेपालको कृषि रुपान्तरण: फ्रम सोयल टु सक्सेस’ विषयक एकदिने अन्तरक्रिया तथा छलफल कार्यक्रममा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले ढल्केवरमा कलेक्सन सेन्टर निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने योजना अघि सारेको हो।

कृषि क्षेत्रको नीति निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउन निरन्तर पहल गर्दै आएको उल्लेख गर्दै कम्पनीका अध्यक्ष विशाल हुमागाईले यहाँका गुणस्तरीय उपज किसानहरूसँग खरिद गर्नको लागि ‘बाई ब्याक ग्यारेन्टी’ गरिने विश्वास दिलाए।

किसानहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न पहल तथा योगदान गरिने उनको भनाइ थियो। उपभोक्ताको भान्सा खर्च कम गर्नका लागि उपज खरिदमा विशेष छुट तथा सहुलियतको योजना समेत ल्याइने अध्यक्ष हुमागाईले जनाए।

कृषि क्षेत्रको समग्र रुपान्तरण, सम्भावित लगानीका अवसरहरूको पहिचान तथा दीर्घकालीन रणनीतिक योजना निर्माणको उद्देश्यले आयोजित कार्यक्रमले कृषक सशक्तीकरण, कृषि व्यवसाय विस्तार र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिएको कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर अजय कुमार सिंहले बताए।

कम्पनीका प्रादेशिक कार्यालय जनकपुरका प्रमुख रविन्द्र कुमार पजियारले अनुभवी कृषक, नीति निर्माता, निजी क्षेत्रका लगानीकर्ता तथा कृषि विज्ञहरूको सहभागितामा भएको अन्तरक्रिया तथा छलफलले नवप्रवर्तन, साझेदारी र लगानीका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको विश्वास व्यक्त गरे।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.