महोत्तरीमा गाँजासहित एक जना पक्राउ
महोत्तरी : प्रहरीले महोत्तरीको रामगोपालपुरबाट ट्रकमा लोड गरिएको अवस्थामा ४ सय ७१ केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी सो परिमाणको गाँजासहित मकवानपुरको राक्सिरांग गाउँपालिका ४ का २६ वर्षीय मानवहादुर मुक्तानलाई सार्वजनिक गरिएको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !