बागमती प्रदेशको छैठौं मुख्यमन्त्रीका रूपमा इन्द्रबहादुर बानियाँ नियुक्त

बागमती प्रदेशको छैठौं मुख्यमन्त्रीका रूपमा इन्द्रबहादुर बानियाँ नियुक्त
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशको छैठौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका इन्दबहादुर बानियाँ नियुक्त भएका हुन्। मंगलबार दिउँसो बागमती प्रदेश संसदिय दलका नेता एवम् नेपाली कांग्रेस प्रदेश सभापति समेत रहेका बानियाँलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यन्त्रीमा नियुक्त गरेका हुन। 

सोमवार नेकपा एमाले र कांग्रेसका ६४ जना प्रदेश संसदको समर्थनसहित बानियाँले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।  बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएसँगै बागमती प्रदेशमा हालसम्म मुख्यमन्त्रीको हुनेको संख्या ६ पुगेको छ। प्रदेश स्थापनाको पहिलो कार्यकालमा एमालेबाट डोरमणी पौडेल, अष्टलक्ष्मी शाक्य त्यस्तै नेकपा समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका थिए। 

यस्तै प्रदेशसभाको दोस्रो कार्यकालमा प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल र पाँचौ मुख्यमन्त्री नेपाली कांग्रेसका बहादुर सिं लामा भएका थिए। यस्तै प्रदेशको छैठौंं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस तर्फबाट बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएका हुन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.