एनपीएलको दोस्रो संस्करणका लागि १५० खेलाडीमाथि बोली लाग्ने

एनपीएलको दोस्रो संस्करणका लागि १५० खेलाडीमाथि बोली लाग्ने
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको अक्सनका लागि १५० खेलाडीको नाममा बोली लाग्ने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार नाम सार्वजनिक गर्दै १५० खेलाडी अक्सनका लागि छनोट भएको जनाएको हो।   

पहिलो सिजनपश्चात् ८ टिमले मार्कीसहित केही महत्त्वपूर्ण खेलाडी रिटेन गरिसकेका छन्। 

अब ८ टिमले १५० खेलाडीमध्ये आफ्नो अनुकूलका खेलाडी अक्सनबाट छनोट गर्नेछन्। 

जसमा ८ खेलाडी 'ए' क्याटगोरीमा रहेका छन्। 'बी' क्याटगोरीमा ३५ खेलाडी र १०७ जना 'सी' क्याटगोरीमा रहेका छन्। 

'ए' क्याटगोरीमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषवाकर, आदिल आलम, सूर्य तामाङ र सुनम गौतम रहेका छन्। 

खेलाडीहरुको अक्सन शनिबार हुनेछ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.