जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेख रिलिज
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको लागि जनकपुर बोल्टेसले आफ्नो रिटेन लिस्ट सार्वजनिक गरेको छ । जनकपुरले मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेको हो । जनकपुर मार्की खेलाडी रिलिज गर्ने पहिलो टिम हो ।
जनकपुर बोल्ट्सले ललित राजवंशी, अनिलकुमार शाह, मयन यादव, विकास आग्री र आदित्य महता रिटेन भएका हुन् । जनकपुर बोल्ट्सले ५ जना रिटेन गर्दा मार्की आसिफसहित ७ जना रिलिज गरेको हो । जनकपुरले किशोर महतो, शुभ कंसाकर, तुलबहादुर थापा, पप्पु यादव, सचिन भट्ट र रुपेश सिंहलाई रिलिज गरेको हो । जनकपुरले ७ जना रिटेन गर्न पाउने नियममा ५ जना मात्रै रिटेन गरेको हो ।
प्रतिक्रिया दिनुहोस !