दिपेन्द्र टी–२० अलराउन्डरको चौंथो स्थानमा उक्लिए
काठमाडौं : नेपाली टी–२० टिमका कप्तान दिपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्रसिंह ऐरी अलराउन्डर वरियतामा एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएका छन् ।
उनी एक समय टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियताको दोस्रो स्थानसम्म उक्लिएका थिए । टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरियतामा पहिलो स्थानमा जिम्बावेका सिकन्दर राजा रहेका छन् । हार्दिक पाण्ड्या दोस्रो स्थानमा छन् । पाकिस्तानका सैम अयुब तेस्रो स्थानमा रहेका छन् । शीर्ष ५ मा अफगानिस्तानका अजमतुल्लाह ओमरजाई रहेका छन् ।
टी–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरियतामा नेपालका ओपनरब्याटर कुशल भुर्तेल ४ स्थान ओलर्दै २७ औं स्थानमा रहेका छन् । नेपालका एक दिवसीय कप्तान रोहित पौडेल ६ स्थान ओर्लिदै ५२ औं स्थानमा, गुल्सन झा ६ स्थान ओलर्दै ८१ औं स्थानमा छन् । कुशल मल्लले भने राष्ट्रिय टिममा पुनरागमन गर्दै टी–२० अलाराउन्डर वरियतामा ९ स्थान सुधार गर्दै ९३ औं स्थानमा पर्न सफल भएका छन् । यसअघि, १०० भित्र नअटाएका कुशल मल्ल वरियतामा फर्किएका हुन् ।
टी–२० अन्तर्राष्ट्रियको बलिङतर्फ सन्दीप लामिछानेले ९ स्थान सुधार गर्दै ४९ औं स्थानमा उक्लिएका छन् । बलिङमा दिपेन्द्रसिंह ऐरीले १५ स्थान सुधार गरेका छन् । उनले १५ स्थान सुधार गर्दै ६२ औं स्थानमा उक्लिएका छन् । टी–२० अन्तर्राष्ट्रियको ब्याटिङतर्फ कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६० औं स्थानमा उक्लिएका छन् । दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल र आसिफ शेखको भने टी–२० अन्तर्राष्ट्रियको ब्याटिङतर्फ वरियता खस्किएको छ ।
प्रतिक्रिया दिनुहोस !