विश्वकप

सर्वाधिक गोलको विश्व कीर्तिमान राख्ने अवसर

सर्वाधिक गोलको विश्व कीर्तिमान राख्ने अवसर
फाइल तस्बिर।
सुन्नुहोस्

विश्व प्रख्यात फुटबलर लियोनल मेसीका लागि २०२६ फिफा विश्वकप सम्भवतः अन्तिम विश्वकप बन्ने अनुमान गरिएको छ।  पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआसँगै ऐतिहासिक ६ पटक विश्वकपमा सहभागिता जनाइरहँदा मेसीका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रूपमा आफ्नो नाम राख्ने अवसर मिल्नेछ।  त्यसो त यो अवसर फ्रान्सेली युवा स्ट्राइकर काइलिन एमबाप्पेलाई पनि रहेको छ। 

यी दुईबीचमा तीव्र प्रतिस्पर्धा रहँदा  सर्वाधिक गोलकर्ता बन्ने अवसर सबैभन्दा बढी अर्जेन्टिनी खेलाडी मेसीलाई छ। हाल विश्वकपमा सर्वाधिक १६ गोल गर्ने कीर्तिमान जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा छ। 

अर्जेन्टिनाका कप्तान मेसीले विश्वकपमा हालसम्म १३ गोल गरिसकेका छन् भने फ्रान्सका कप्तान एमबाप्पेको नाममा १२ गोल छ। ३८ वर्षीय मेसीले प्रतियोगितामा कम्तीमा ३ गोल गर्न सके भने क्लोजको कीर्तिमान बराबरी गर्न सक्छन् भने ४ गोल गरेमा नयाँ इतिहास रच्नेछन्।

२७ वर्षीय एमबाप्पे अझै आफ्नो करियरको उत्कर्षमा छन्। फ्रान्सलाई पुनः विश्वकप जिताउने लक्ष्य राखेका एमबाप्पेसँग अहिले मात्र होइन, भविष्यका विश्वकपहरूमा पनि क्लोजको कीर्तिमान पार गर्ने पर्याप्त अवसर छ। उनको गोल गर्ने क्षमता र निरन्तर प्रदर्शनका कारण उनलाई कीर्तिमान तोड्ने प्रमुख दाबेदार मानिएको छ।

विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता

  • मिरोजस्लाभ क्लोज (जर्मनी) १६ गोल
  • रोनाल्डो (ब्राजिल) १५ गोल
  • गर्ड मुलर (जर्मनी) १४ गोल
  • जस्ट फोन्टेन (फ्रान्स) १३ गोल
  • लियोनल मेसी (अर्जेन्टिना) १३ गोल
  • पेले (ब्राजिल) १२ गोल
  • काइलिन एम्बाब्बे (फ्रान्स) १२ गोल

६ वटा विश्वकपमा सहभागी हुँदै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआसँगै सर्वाधिक विश्वकपको संस्करणमा सहभागी हुने खेलाडीको कीर्तिमान बनाएका लियोनल मेसीका लागि विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने अवसरसमेत मिल्नेछ। यी तीन खेलाडीबाहेक क्रोयसियाका लुका मोड्रिक, जर्मनीका म्यानुयल नेयुर र जापानका युटो नागातामोले ५ वटा विश्वकपको संस्करणमा सहभागिता जनाएका छन्। जो अहिले पनि खेल खेलिरहेका छन्।

यसअघि  मेक्सिकोका आन्टोनियो कार्वाजल, जर्मनीका लोथर म्याथ्युस, मेक्सिकोका एन्ड्रिस ग्वारडाडो, मेक्सिकोकै राफल मार्किजले मेसी, रोनाल्डो र ओचोआसँगै ५ संस्करणमा सहभागिता जनाइसकेका थिए।

ब्राजिलका रोनाल्डोसँगै एक विश्वकपमा सर्वोत्कृष्ट खेलाडीको रूपमा गोल्डन बल, सर्वाधिक गोलकर्ताको रूपमा गोल्डन बुट पाउने खेलाडीको सूचीमा रहेका लियोनल मेसीका लागि त्यो अवसरसमेत थप प्राप्त गरी अर्को इतिहास रच्ने मौका छ। रोनाल्डोले १९९८ मा ४ गोलसहित गोल्डन बुट, गोल्डन बल पाएका थिए भने मेसीले २०१४ मा ४ गोलसहित गोल्डन बुट र गोल्डेन बल पाएका थिए। रोनाल्डो अहिले खेल जीवनमा नरहेकाले अर्को कीर्तिमान बनाउने अवसर मेसीलाई छ।

हुनतः ५ संस्करणमा सहभागिता जनाएर छैटौं संस्करण पनि खेल्न थालेका मेसीले सर्वोत्कृष्ट खेलाडीका रूपमा दिइने गोल्डेन बल दुईपटक पाइसकेका छन्। २ पटक गोल्डन बल पाउने एक मात्र खेलाडीको रूपमा रहेका मेसीले २०२२ र २०१४ मा गोल्डन बल पाएका थिए। 

फिफाले आधिकारिक रूपमा सर्वोत्कृष्ट खेलाडीलाई गोल्डन बल दिन सन् १९८२ मा सुरु गरेयता १९८२ मा इटलीका पाउलो रोस्सी, १९८६ मा अर्जेन्टिनाका म्यारोडोना,१ ९९० मा इटलीका साल्भातोरे स्चिलाची, १९९४ मा ब्राजिलका रोमारियो, १९९८ मा ब्राजिलका रोनाल्डो, २००२ मा जर्मनीका ओलिभर कान, २००६ मा फ्रान्सका जिनेदिन जिदान, २०१० मा उरुग्वेका डियगो फोर्लान, २०१८ मा क्रोयसियाका लुका मोड्रिकले गोल्डेन बल पाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.