विश्व फुटबलको सबैभन्दा ठूलो संस्करण : ४८ टोली, १०४ खेलको महासंग्राम
काठमाडौं : फिफा विश्वकप–२०२६ आउँदो बिहीबार जुन ११ बाट सुरु हुँदैछ । यस पटकको विश्वकप निकै कुरामा फरक छ । तीन वटा आयोजक देश, ४८ टिम, १२ समूह र १०४ वटा खेल हुनेछ । पहिलो पटक ४८ देशले विश्वकप खेल्ने छन् । जसको खेलहरू क्यानडा, मेक्सिको र अमेरिकामा हुनेछ । फाइनल खेल १९ जुलाई २०२६ मा न्युयोर्कको न्यु जर्सीमा हुनेछ ।
सन् २०२२ मा कतारमा सम्पन्न भएको विश्वकपमा अर्जेन्टिनाले उपाधि जितेको थियो । साविक विजेता अर्जेन्टिना पुनः ट्रफी जित्ने होडमा रहेको छ । ३ देशमा आयोजना हुने यस विश्वकपमा १,२४८ खेलाडीले सहभागिता जनाउने छन् ।
विश्वकप २०२६ को फर्म्याटः
विश्वकप आयोजना हुने १६ शहरका १६ फरक रङ्गशाला
तीन देश मा १६ वटा फरक शहरहरूमा विश्वकपका खेलहरू आयोजना हुनेछन् । १६ शहरको १६ फरक रंगशालाहरूमा विश्वकपका खेलहरू खेलाइने छन् । जसमा क्यानडामा २ शहर टोरोन्टो र भेन्कुवरमा विश्वकपका खेलहरू खेलाइने छन् । जसमा टोरन्टोमा रहेको टोरोन्टो स्टेडियम, भेन्कुवरमा रहेको बेसी प्यालेस भेन्कुवरमा विश्वकपका खेलहरू खेलाइनेछ ।
मेक्सिकोका तीन शहरहरू विश्वकपका खेल हुनेछन् । जसमा, गुआडालाजारा, मेक्सिको सिटी र मोन्टेरीमा खेल हुनेछ । गुआडालाजाराको, एस्टाडियो गुआडालाजारा, मेक्सिको सिटीको, मेक्सिकोमा मेक्सिको सिटी स्टेडियम, मोन्टेरीको र एस्टाडियो मोन्टेरीमा खेल हुनेछ ।
अमेरिकाको ११ वटा शहरहरूमा विश्वकपका खेलहरू हुनेछन् । जसमा एटलान्टा, बोस्टन, डालस, ह्युस्टन,कान्सास सिटी, लस एन्जलस, मियामी, न्युयोर्क न्यु जर्सी, फिलाडेल्फिया, सान्फ्रन्सिस्को वे एरिया, सियाटलमा विश्वकपका खेलहरू हुनेछन् ।
एटलान्टास्थित एटलान्टा स्टेडियम, बोस्टनको बोस्टन स्टेडियम, डालसको डाला स्टेडियम, ह्युस्टनको ह्युस्टन स्टेडियम, कन्सासस्थित कान्सास सिटी स्टेडियम, लस एन्जलसको लस एन्जलस स्टेडियम, मियामीस्थित मियामी स्टेडियम, न्युयोर्कको न्यु जर्सी स्टेडियम, फिलाडेल्फियाको फिलाडेल्फिया स्टेडियम, सानफ्रान्सिस्कोको, सानफ्रान्सिस्कोको वे एरिया स्टेडियम र सियाटल स्टेडियममा खेल हुनेछ ।
विश्वकप २०२६ का लागि टिकट लिनको लागि तीन फरक किसिमका टिकटहरू रहेका छन् । जसमा लास्ट मिनेट सेल, मार्केट प्लेस र हस्पिटालिटीसहितको टिकट उपलब्ध रहेका छन । यो फिफाको वेबसाइटमा गएर आफ्नो आधिकारिक इमेलबाट टिकट खरिद गर्न सकिने छ ।
फिफा विश्वकप २०२६ को आधिकारिक बलको विशेषता
फिफा विश्वकप २०२६ खेलाइने आधिकारिक बल एडिडास कम्पनीको ट्राओन्डालाई अक्टोबर २०२५ मा नै विश्वकप २०२६ को आधिकारिक बलको रूपमा घोषणा गरिएको थियो । यसको स्पेनिस भाषामा अर्थ लगाउँदा ‘तीन लहरे’ अर्थात् बलमा लगाइएका तीन फरक फरक कलरहरुले दिइरहेको आकर्षक लुक हो । बलको डिजाइनमा रातो, निलो र हरियो रङको समायोजन रहेको छ ।
यो बलले आयोजक देशहरूको प्रतिनिधित्व गरिरहेको बताइएको छ । यी फरक रङहरूको लहरले नयाँ आकर्षण दिएको छ । त्यसका साथै यो बलमा ‘फोर प्यानल कन्ट्रक्सन’ दिएको छ जसमा हरेक आयोजक देशको प्रतीक चिन्ह अंकित गरिएको छ । जस्तैः क्यानडाको लागि मेपलको पात अंकित गरिएको छ । मेक्सिकोको लागि इगल (चिल) र अमेरिकाको लागि ताराको प्रयोग गरिएको छ । बलमा सुनौलो रङको प्रयोग गरिएको छ जसले फिफा विश्वकपको उपाधिलाई अङ्कित गरिएको बताइएको छ ।
फिफा विश्वकप २०२६ का मास्कटहरू
विश्वकप–२०२६ मा विशेषत तीन वटा मस्कटको प्रयोग गरिएको छ । जसमा मुसाले क्यानडाको प्रतिनिधित्व गरिरहेको छ भने जागुआर (चितुवा जस्तै बुट्टेदार जनवार) ले मेक्सिकोको प्रतिनिधित्व गरिरहेको छ भने इगल (चिल) को रूपमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व मस्कटले गरिरहेको छ । मुसाको रङ रातो रहेको छ, चिलको रङ निलो रहेको छ भने जागुआरको रङ हरियो रहेको छ । फरक–फरक देशको फरक–फरक मास्कर र यिनीहरूको रङहरुले देशहरूमा भएको विविधतालाई सांकेतिक रुपमा खेल मैदानमा प्रदर्शन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस !