अमेरिकाले ल्यायो नयाँ भिसा कार्यक्रम, पर्यटकले कति शुल्क तिर्नुपर्ने छ ?

अमेरिकाले ल्यायो नयाँ भिसा कार्यक्रम, पर्यटकले कति शुल्क तिर्नुपर्ने छ ?
सुन्नुहोस्

काठमाडौं : अमेरिकाले नयाँ पाइलट कार्यक्रम कार्यक्रम ल्याएको छ। यसअन्तर्गत पर्यटक र व्यापारिक भिसामा अमेरिका आउने मानिसलाई भिसा बन्डको रूपमा १५ हजार अमेरिकी डलर जम्मा गर्नुपर्ने छ।  

अमेरिकी विदेश विभागको यस कार्यक्रमको उद्देश्य भिसा सकिएपछि देशमा बस्ने मानिसको संख्या घटाउनु हो।  

कार्यक्रम अनुसार पर्यटक भिसा (बी१ भिसा) र व्यापार भिसा (बी२ भिसा) मा अमेरिका आउने व्यक्तिबाट भिसा बन्ड लिइनेछ । सार्वजनिक सूचनामा विगत केही वर्षदेखि लाखौं विदेशी  समयमै अमेरिका नछोड्ने र भिसाको म्याद सकिएपछि पनि अमेरिकामै बस्ने गरेको देखिएको भनिएको छ।   

यद्यपि, सूचनामा भिसा कार्यक्रम अन्तर्गत सबै देश समेटिनेछन् वा केही देशलाई छुट दिइनेछ भन्ने कुरा स्पष्ट पारिएको छैन।  

अमेरिकाको नयाँ भिसा कार्यक्रम के हो ?  
समाचार एजेन्सी रोयटर्सका अनुसार नयाँ भिसा कार्यक्रम अगस्ट २० देखि लागू हुने अपेक्षा गरिएको छ। यो कार्यक्रम करिब एक वर्षसम्म रहनेछ।  

अमेरिकी संघीय दर्तामा रहेको सूचना अनुसार कन्सुलर अधिकारीलाई भिसा आवेदकहरूलाई उनीहरूको विवेकमा ५,०००, १०,००० वा  १५,००० अमेरिकी डलरको तीन प्रकारका बन्ड लगाउने अधिकार दिइनेछ।  

अधिकारीहरूले पर्यटक र व्यापारिक भिसामा आएका व्यक्ति अमेरिकाबाट फर्किएपछि भिसाको सर्त अनुसार बन्डको पैसा फिर्ता गरिनेछ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.