अमेरिकाले भारतमाथि लगायो थप २५ प्रतिशत कर
काठमाडौं : अमेरिकाले भारतमा आयात हुने वस्तुहरूमाथि थप २५ प्रतिशत कर (भन्सार शुल्क) लगाउने घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल आयात गरेकाले थप कर लगाइएको स्पष्ट पारेका छन्। अमेरिकाको उक्त निर्णयप्रति भारतीय सांसद शशि थरूरले गम्भीर आपत्ति जनाएका छन्।
थरूरले समाचार संस्था एएनआईसँग प्रतिक्रिया दिँदै भने, 'यो हाम्रा लागि राम्रो होइन। यसले हाम्रो कूल कर ५० प्रतिशत पुग्नेछ र हाम्रा वस्तुहरू अमेरिकी बजारमा धेरै मानिसका लागि महँगो हुनेछ।'
थरूरले अमेरिकी नीतिमा दोहोरो मापदण्ड देखिएको आरोप लगाए। 'यूरेनियम, प्यालेडियमलगायतका थुप्रै सामग्रीहरू उनीहरू (अमेरिका) आफैंले रुसबाट आयात गरिरहेका छन्। यसमा स्पष्ट रूपले दोहोरो मापदण्ड देखिन्छ,' थरूरले भने।
प्रतिक्रिया दिनुहोस !