निशान म्यागनाइट ६ लाख ८० हजारमै

निशान म्यागनाइट ६ लाख ८० हजारमै
सुन्नुहोस्

काठमाडौं : निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ को अवसर पारेर ‘निसान फेस्टिभ डिल’ नामक विशेष छुट अफर सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत कम्पनीले अल न्यू निसान म्याग्नाइटमा विभिन्न आकर्षक सुविधासहितको अफर ल्याएको छ। अफरअन्तर्गत, निसान म्याग्नाइट बुक गर्ने ग्राहकहरूले आकर्षक नगद छुट, नाइमा एक्स्पो विशेष छुट, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, तीन वर्षको वारेन्टी, एक वर्षको निःशुल्क बीमाको सुविधा प्राप्त गर्नेछन्।

यस्तै, निःशुल्क रोड कर र डाउनपेमेन्ट मात्र ६ लाख ८० हजार रूपैयाँमा निसान म्याग्नाइट खरिद गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ। ग्राहकहरूले सजिलो फाइनान्सिङका साथ निसान म्याग्नाइट खरिद गर्न सक्नेछन् र अफरमा उल्लेख गरिएका सबै सुविधाहरू केही सर्तहरूसहित लागु हुने कम्पनीको भनाइ छ।

यस्तैगरी, निसान लिफमा ग्राहकहरूले अधिकतम २० लाख १५ हजार रूपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्छन् र निसान उर्वानमा शून्य प्रतिशत डाउनपेमेन्टको सुविधा उपलब्ध छ। आजदेखि साउन २५ गतेसम्म चल्ने नाइमा मोबिलिटी एक्स्पो र आगामी चाडपर्वलाई ध्यानमा राखी उक्त अफर ल्याइएको हो। त्यस्तै निशान लिफमा ग्राहकहरूले अधिकतम रु. २०,१५,००० सम्मको फाइदा प्राप्त गर्न सक्छन् र निशान उर्वानमा शून्य प्रतिशत डाउनपेमेन्टको सुविधा उपलब्ध छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.