रवि लामिछानेले थुनामुक्तको माग गर्दै जिल्ला अदालतमा दिए निवेदन

रवि लामिछानेले थुनामुक्तको माग गर्दै जिल्ला अदालतमा दिए निवेदन
सुन्नुहोस्

भैरहवा : सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका छन्।

मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका हुन्।

‘बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै उहाँ (रवि लामिछाने) ले अदालतमा निवेदन दिनुभएको छ’, जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार विकास बस्नेतले अन्नपूर्ण पोष्ट्सँग भने,‘अब निवेदकको माग बमोजिम आदेश हुने/नहुने विषयमा बेन्च (इजलास)ले हेर्छ ।’

लामिछानेले दिएको निवेदन उपर अझै बहस सुरु भएको छैन। निवेदन उपर लामछिाने र सरकारी वकिलको तर्फबाट बहस हुनेछ । त्यसपछि इजलासले आदेश गर्नेछ । निवेदन दर्ता भएको साउन १९ गते नै अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पक्षहरूलाई पेशीको सूचना दिने आदेश गरेको थियो।

साउन २० गते न्यायाधीश प्रल्हाद कुमार योगी र साउन २१ न्यायाधीश दिपेन्द्र थापा मगरको इजलासमा चढेको पूरक पेशी निवेदकको (लामिछाने) को कानुन व्यवसायीबाट दुवै दिन स्थगित भएको जिल्ला अदालत रुपन्देहीको वेभसाइटमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.