तीज नाच हेर्न गएकी बालिका बलात्कृत, दुई युवक पक्राउ

तीज नाच हेर्न गएकी बालिका बलात्कृत, दुई युवक पक्राउ
सुन्नुहोस्

दैलेख : दैलेखमा १३ वर्षीया बालिकालाई लखेटी–लखेटी बलात्कार गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन् । २४ वर्षीय गोपेन्द्र शाही भन्ने गोबिन्द बहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । 

चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी ती बालिका यही साउन २२ गते राति तीजको नाच हेर्न गएर घर फर्किने क्रममा बलात्कृत भएकी हुन् । प्रहरीका अनुसार चामुण्डाबिन्द्रासैनी नगरपालिकाको स्थानीय माथिल्लो खाड़ास्थित सडक खण्डमा तीज पर्वको अवसरमा नाचगान कार्यक्रम आयोजना गरिएको   थियो । कार्यक्रम हेरेर साथीहरूसँग घर फर्किने क्रममा मध्यराति ती बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लालबहादुर सुनारले जानकारी दिए ।

उनका अनुसार ती दुई युवकले पीडित बालिकाको पिछा गरी कुटपिटसमेत गरी घाइते बनाएर दुबै जनाले पालैपालो जबरजस्ती करणी गरेको थिए । सो घटनामा संलग्न कसुरदार दुबै जनालाई पक्राउ गरी प्रहरी कार्यालयको हिरासत कक्षमा राखि जिल्ला अदालत दैलेखबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.