सामाजिक सुरक्षा र पोषण भत्ता वितरण नगरेपछि गुजरा नगरपालिकामा तालाबन्दी

सामाजिक सुरक्षा र पोषण भत्ता वितरण नगरेपछि गुजरा नगरपालिकामा तालाबन्दी
सुन्नुहोस्

रौतहट : रौतहटको गुजरा नगरपालिकामा तालाबन्दी गरिएको छ। लामो समयदेखि सामाजिक सुरक्षा र बालपोषण भत्ताको रकम वितरण नगरेर लाभग्राहीलाई पीडित बनाएको भन्दै पालिकाको मूल ढोकामा तालाबन्दी गरेका हुन्।

गुजरा नगरपालिकाकाको सिमरा भवानीपुरमा रहेको एनआईसी एशिया बैंकले एक वर्षदेखिको बालपोषण भत्ता वितरण गरेको छैन। गत असार ११ गते बैंकको खातामा जम्मा गरेको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई वितरण नगरेर थन्काएपछि पालिका र बैंकसँग लाभग्राही रुष्ट छन्।

उता ज्येष्ठ नागरिकहरूले भने भत्ता पाउन ढिलाइ भएको भन्दै आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। गुजरा नगरपालिकाको तथ्यांकअनुसार ३ हजार ३ सय ज्येष्ठ नागरिक र ५ हजार ४ सय बालपोषण भत्ता वितरणमा लापरबाही र ढिलासुस्तीले समस्या परेको गुजराका स्थानीय प्रकाश चौधरीले बताए।

ज्येष्ठ नागरिकको भत्ताका लागि नगरपालिकाले गत असार ११ गते ५ करोड बालपोषणको लागि ९४ लाख रुपैया बैंकमा जम्मा गरिसकेको प्रमुख प्रशासकीय उदय नारायण देवकोटाले जानकारी दिए। बैंकका कर्मचारीले रकम वितरण नगर्दा लाभग्राहीहरू मर्कामा परेका कारण जम्मा भएको रकम बैंक कर्मचारीले चलाएको हुनसक्ने आशंका लाभग्राहीहरूको छ। 

राज्यले हेरविचार र पोषिलो खानेकुराको लागि दिने गरेको भत्ता बैंक कर्मचारीहरूको उदासीनताले गर्दा बैंक धाउने र घर फर्कनेमै लाभग्राहीहरूको दैनिकी वितिरहेको छ। बैंकका शाखा प्रबन्धक सदेउ प्रवेजले तालिका प्रकाशन हुन ढिलाइ भएकाले भत्ताको रकम वितरणमा ढिलाइ भएको बताए।

पालिकाले त्रैमासिकरूपमा लाभग्राहीको भत्ताको रकम बैंकमा जम्मा गरिदिए पनि बैंकले भने रकम होल्ड गरेर वितरण गर्नुको बदला उनीहरूको रकम व्यवसायीलाई लगानी गर्ने गरेको आरोप यसअघि पनि लाग्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.