महोत्तरीमा २३ वटा डिप बोरिङ अलपत्र

महोत्तरीमा २३ वटा डिप बोरिङ अलपत्र
सुन्नुहोस्

महोत्तरी : महोत्तरीमा २३ वटा डिप बोरिङ अलपत्र अवस्थामा रहेको छ। सरकारी बजेटमा विभिन्न स्थानमा जडान भएका ती डिप बोरिङ मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको छ। जसको कारण यहाँका २० देखि ४० हेक्टर जमिन सिँचाइविहीन बन्न पुगेको छ। 

उक्त डिप बोरिङहरूमध्ये अधिकांशको विद्युत महसुल नबझाएको, उपभोक्ताले विद्युत मिटर नलिएको जस्ता समस्याहरू रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोत्तरीले जनाएको छ। सिँचाइ विकास डिभिजनले जडान गरेको उक्त डिप बोरिङलाई मर्मत गरी सञ्चालन गर्नका लागि ४ करोड ५० लाख रुपैयाँ लाग्न सक्ने कार्यालयका इन्जिनियर विमलेश यादवले बताएका छन्। डिभिजन कार्यालयका अनुसार सञ्चालनमा रहेका ३१ बोरिङबाट ९ सय ८० हेक्टर क्षेत्रफलमा सिँचाइ भइरहेको छ। 

सुक्खाग्रस्त रहेको जिल्लाका किसानहरूलाई लक्षित गर्दै भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा, कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र नक्टाझिज धनुषा, प्रदेश सरकार, स्थानीय सरकार र गैरसरकारी संस्थाहरूले डिप बोरिङ जडान गर्दै आएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.