वरिष्ठ चिनियाँ कूटनीतिज्ञ ल्यौ चियनछाओ 'हिरासत'मा

वरिष्ठ चिनियाँ कूटनीतिज्ञ ल्यौ चियनछाओ 'हिरासत'मा
सुन्नुहोस्

बेइजिङ : भावी विदेशमन्त्रीका रूपमा हेरिएका वरिष्ठ चिनियाँ कूटनीतिज्ञ ल्यौ चियनछाओलाई नियन्त्रणमा लिइएको छ। उनलाई सोधपुछका लागि अधिकारीहरूले हिरासतमा लिएको द वाल स्ट्रिट जर्नलले जनाएको छ। ६१ वर्षीय ल्यौलाई जुलाईको अन्तिम साता बेइजिङमा 'लगिएको' रिपोर्टमा उल्लेख छ। उनको हिरासतको कारण भने अहिलेसम्म खुलेको छैन।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुखसमेत रहेका ल्यौ विदेशी राजनीतिक दलहरूसँगको सम्बन्ध व्यवस्थापनमा संलग्न छन्। उनी यसअघि फिलिपिन्स र इन्डोनेसियामा राजदूत तथा विदेश मन्त्रालयको प्रवक्ताको रूपमा कार्यरत रहिसकेका छन्। राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत भ्रष्टाचार नियन्त्रण निकायमा पनि उनले वरिष्ठ भूमिका निभाइसकेका छन्।

यो घटनालाई हालसम्म चिनियाँ कूटनीतिज्ञमाथि भएको उच्चस्तरीय अनुसन्धानको रूपमा हेरिएको छ। सन् २०२३ मा तत्कालीन विदेशमन्त्री छिन काङ हनिट्र्यापमा परेको भन्दै पदच्युत गरिएको थियो।

उनको विभागको वेबसाइटमा उल्लेख भएअनुसार ल्यौलाई अन्तिमपटक २९ जुलाईमा अल्जेरियामा देखिएको थियो। यसअघि उनले अफ्रिकी मुलुकहरू र सिंगापुरमा कूटनीतिक भेटघाट गरेका थिए।

जुलाईको सुरुमा ल्यौले अमेरिकी रक्षा प्रमुखमाथि आलोचना गरेका थिए। उनले अमेरिकी सहयोगीहरूलाई चीनको सामना गर्न सेनाको शक्ति बढाउन आह्वान गरेर  'टकराव र द्वन्द्वलाई उक्साएको' आरोप लगाएका थिए। यस घटनाबारे हालसम्म बेइजिङले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.