युवाहरु परिवर्तनका बाहक हुन्, मुलुकमै अवसर दिन सरकार गम्भीर छ : मन्त्री चौधरी

युवाहरु परिवर्तनका बाहक हुन्, मुलुकमै अवसर दिन सरकार गम्भीर छ : मन्त्री चौधरी
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आजका युवाहरुलाई केहि गर्न सक्नु भन्ने सकारात्मक सोच विकास गर्न सक्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ का अवसरमा राष्ट्रिय युवा परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरको मूल समारोहलाई सम्बोधन गर्दै उनले युवाहरु परिवर्तनका बाहक भएकाले उनीहरुका लागि मुलुकभित्रै अवसर उपलब्ध गराउन सरकार गम्भीर भएको बताए।

उनले यो वर्षमा देशका सबै स्थानीय तहमा युवा सशक्तिकरण कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन राष्ट्रिय युवा परिषदलाई निर्देशन दिए।

त्यस्तै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले वैदेशिक रोजगारबाट स्वदेश फर्केका युवाहरुले सिकेका ज्ञान सिपलाई राष्ट्र निर्माणमा परिचालन गर्न पनि परिषद्ले ध्यान दिएको बताए । युथ भिजन २०२५ को अवधि सकिएकाले युथ भिजन २०३५ को निर्माणको प्रारम्भीक छलफलमा परिषद् जुटिसकेको उनको भनाई छ।

युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा भने राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्ष माधव ढुंगेल भएपछि उनको अगुवाइमा परिषद्ले २०७३ सालदेखि नेपालमा युवा दिवस मनाउन थालेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.