अब घरैबाटै अंगदान गर्न सकिन्छ : मन्त्री पौडेल

अब घरैबाटै अंगदान गर्न सकिन्छ : मन्त्री पौडेल
सुन्नुहोस्

भक्तपुर : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब घरैबाटै अंगदान गर्न सकिने बताएका छन्। 

बुधबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व अंगदान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले  आवश्यकताको २० प्रतिशत पनि अंगदान हुन नसकेको बताएका हुन्। 

मन्त्री पौडेलले शहिद अंग प्रत्यारोपणका लागि नियमलाई खुकुलो बनाउनुपर्ने बताए। उनले अंगदानमा चेतना विस्तार गर्नुपर्ने पनि बताए। उनले भने,‘अहिले पनि मानिसहरूमा अंगदान गर्ने मान्छे स्वर्गमा जान्दैन भन्ने विश्वास छ। यस्तो सोचलाई चिर्नुपर्ने देखिन्छ। मृत्यु भइसकेपछि पनि अरूलाई जीवनदान दिनुभन्दा ठुलो धर्म र दान कुनै पनि छैन। अहिले मिर्गौला प्रत्यारोपणका बिरामीका लागि राज्यले थप १ लाखको सुविधा ल्याएको छ।’

कार्यक्रममा शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा १ हजार ५ सय जनाले मिर्गौला प्रत्यारोपण गरेर नयाँ जीवन पाएको जानकारी गराइएको थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.