गोली चलाएर प्रहरीले लियो लागूऔषध कारोबारीलाई नियन्त्रणमा

गोली चलाएर प्रहरीले लियो लागूऔषध कारोबारीलाई नियन्त्रणमा
सुन्नुहोस्

धनुषा : प्रहरीले गोली चलाएर धनुषाबाट दुईजना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिथिला नगरपालिका–६ ढल्केबर बस्ने अन्दाजी ४८ वर्षीय पप्पु साह र बारा जिल्ला घर भई हाल धनुषाको हंसपुर नगरपालिका–५ निकाल बस्ने अन्दाजी २८ वर्षीया सेलादेवि राम रहेको प्रहरीले जनाएको छ।

प्रहरीले गोली प्रहार गरेर उनीहरूलाई बुधवार मिथिला नगरपालिका–२ नक्टाझिजबाट पक्राउ गरेको हो। साहको दाहिने खुट्टामा गोली लागेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए। उनका अनुसार प्रहरीको गोली लागेर घाइते भएका साहको रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

उनीहरूको साथबाट दुईसय २०० ग्राम खैरो हिरोइन लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.