आज राति यी स्थानमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौं : आज राति देशभर पूर्णतया बदली रहनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा पूर्णतया बदली रही बाँकी भू–भागमा साधारणतया बदली रहनेछ ।
गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागका धेरै स्थानमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम प्रदेशको तराई र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस !