भारत भ्रमण अगाडि चीन जाँदै प्रधानमन्त्री ओली, राष्ट्रपति सीसँग भेटवार्ता हुने

भारत भ्रमण अगाडि चीन जाँदै प्रधानमन्त्री ओली,  राष्ट्रपति सीसँग भेटवार्ता हुने
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ओली चीन भ्रमणमा जाने भएका छन्। भारत भ्रमणभन्दा अगाडि प्रधानमन्त्री ओली चार दिने भ्रमणमा चीन जान लागेका हुन्।

सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गते चीन जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। भ्रमणको क्रममा १८ गते प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्लता गर्नेछन्। अन्य राष्ट्रका समकक्षीसँग भेटवार्ता गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा तिहान्जेन शहरमा आयोजना हुने उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित विश्वका विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको शिखर सम्मेलनमा सहभागी हुनेछन्। 

एससीओमा चीनसहित भारत, रसिया, काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान, उज्वेकिस्तान, पाकिस्तान, इरान रहेका छन्।  प्रधानमन्त्री ओलीले गत मंसिरमा चीनको औपचारिक भ्रमण गरेका थिए।

प्रधानमन्त्री ओली भदौ ३१ (सेप्टेम्बर १६) गते नयाँ दिल्ली जाँदैछन्। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी पनि थालेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.