गुठ्ठी जग्गा विवादमा पत्रकार महासंघ र जनकपुर बार आमने सामने, अदालतमा ६१ वकिलको बहस

गुठ्ठी जग्गा विवादमा पत्रकार महासंघ र जनकपुर बार आमने सामने, अदालतमा ६१ वकिलको बहस

जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ स्थित राममन्दिर गुठ्ठीअन्तर्गतको ४ कठ्ठा (कित्ता नं. ६५) जग्गा गुठ्ठी संस्थान सञ्चालक समितिको निर्णयअनुसार नेपाल पत्रकार महासंघ, मधे; प्रदेश समितिलाई २० वर्षको लिजमा दिइएपछि विवाद चुलिएको छ।

नेपाल बार एशोसिएशन जनकपुरले उक्त निर्णयको विरोध गर्दै अदालतमा मुद्दा दायर गरेपछि उच्च अदालत जनकपुरको इजलाशमा ‘निषेधाज्ञा’सम्बन्धी बहस भएको हो। निवेदक पक्षका तर्फबाट ६१ जना वकिलले बहस गरेका थिए। बहस गर्नेहरूमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु किशोरी साह, देवेन्द्र ठाकुर निराला, विश्वरंजन प्रसाद गुप्ता, चन्द्र कुमार शर्मा, श्याम कुमार मिश्र, शिव कुमार सिंह, रामनेक साह, बलराम सुवेदी, मुकेश कुमार कार्की, उमेश पंजियार, प्रकाश कुमार घिमिरेले बहस गरेका छन्। 

त्यस्तै अधिवक्ताहरू सीताराम मंडल, अनिस कुमार सदा, दिपक कुमार बिश्वकर्मा, राकेश कुमार निधि, सतिस कुमार सिंह, दिपक बहादुर के.सी. विमल कुमार मिश्र, सुरेन्द्र लाल कर्ण, अब्दुल अजिज आलम, बालकृष्ण कार्की, केदार आचार्य, सुबोध कुमार मण्डल, राजकुमार महासेठ, विजय कुमार ठाकुर, प्रदिप कुमार यादव, रामविलास यादव, हेम बहादुर कार्की, दिलिप कुमार मण्डल, राकेश कुमार साह, विपिन कुमार झा, कोषराज काफ्ले, राधाकान्त झा, नवल किशोर मण्डल, दिपक कुमार परसैला, दिपनारायण यादव, प्रमोद प्रसाद साह, लोचन साह, सुशिल कुमार मल्लिक, विजय प्रताप सिंह. नवल कुमार ठाकुर, चतुर्भुज झा, भरत लाल मण्डलले बहस गरेका छन्।

त्यसैगरी अर्जुन कुमार थापा, रवि शेखर ठाकुर, मनोहर झा, राम सागर साह, मदन प्रसाद पाण्डेय, थी लेखजङ्ग खत्री, संजिव झा, गंगा प्रसाद साह, सुवास चन्द्र झा, हिमान्शु शर्मा, सर्वोदय ठाकुर, संजय कुमार कर्ण, टुनेवर प्रसाद साह, उमा कुमारी यादव, पप्पु कुमार चौधरी, मनिषा जयसवाल, नितेश झा र किरण कुमारी झाले बहस गरेकी छन्।

उच्च अदालत जनकपुरका न्यायाधीश गीताप्रसाद तिम्सिनाको एकल इजलासले विपक्षी पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ। साथै, अन्तरिम आदेशको मागबारे दुवै पक्षको उपस्थितिमा छलफल गर्ने निर्णय गर्दै, पेशी मिति २०८२ भदौ ५ सम्म उक्त जग्गामा कुनै हस्तक्षेप नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरिएको छ।

२०८२ जेठ ७ गते गुठ्ठी संस्थानले गोरखापत्रमा सूचना प्रकाशित गर्दै उक्त जग्गा लिजमा दिन प्रस्ताव मागेको थियो। वार्षिक तीन लाख एक हजार रुपैयाँ भाडा प्रस्ताव गर्दै पत्रकार महासंघको प्रस्ताव सर्वोच्च मुल्याङ्कन भई साउन १ गते स्वीकृत भएको हो।

तर, साउन २० गते नेपाल बार एशोसिएशन, जनकपुरले सो जग्गा पार्किङका लागि प्रयोग गर्ने निर्णय गर्दै २१ गतेदेखि गाडी पार्किङ सञ्चालनका लागि सूचना जारी गर्‍यो। यसक्रममा बारका वकिलहरूले विवादित जग्गामा तारबार लगाउने, किल्ला गाड्ने र पार्किङ गर्ने प्रयास गरेपछि पत्रकार महासंघले प्रतिरोध गरेको थियो।

मुटभेडमा पत्रकार महासंघका अध्यक्ष श्याम बञ्जारा, महिला उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो (क्रान्ति), पत्रकार दिवाकर साह, अनिल निराला र विनिता यादव घाइते भएका छन्। यसक्रममा महिला पत्रकारमाथि दुर्व्यवहार र गालीगलौज भएको आरोप पनि लगाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.